काठमाडौं । सामसुङ मोबाइलले सञ्चालन गरिरहेको उपहार योजनाअन्तर्गत पहिलो लक्की ड्र भएको छ । कम्पनीले प्रत्येक दिन तीन जना ग्राहकलाई ५ ग्राम सुनको सिक्का उपहार दिने योजना सञ्चालन गरिरहेको हो ।
उपहार विजेताको घोषणा लक्की ड्रबाट गरिने यस योजनाको पहिलो लक्की ड्र कार्तिक २३ गते भएको थियो । सो लक्की ड्रबाट १५ जना विजेता घोषण गरेको कम्पनीले जनाएको छ ।
पहिलो लक्की ड्रमा यही नोभेम्बर १ तारिख देखि ५ तारिखसम्मको अवधिलाई समेटिएको कम्पनीले जनाएको छ । उपहार योजनामा सहभागी हुन सो अवधिमा सामसुङ मोबाइल वा ट्याब खरिद गर्ने ग्राहकले एसएमएस नम्बर ३१००३ मा मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनु पर्नेछ ।
लक्की ड्र कार्यक्रमलाई सामसुङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने प्रावधान अनुसार प्रत्यक्ष प्रसारण गरिएको र बाँकी ४ हप्ताको लक्की ड्र कार्यक्रमहरूको पनि सोही पेजमार्फत् प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले ग्राहक लक्षित योजना नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्मका लागि सञ्चालन गरेको छ ।