site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्युजिल्यान्ड र इंग्ल्यान्ड : को बलियो ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको शीर्ष वरीयताको इंग्ल्यान्डले सुपर–१२ अन्तर्गत समूह–१ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनायो । इंग्ल्यान्डसँगै हालसम्म टी–ट्वान्टी विश्वकपको उपाधि जित्न नसकेको अष्ट्रेलिया र न्युजिल्यान्डले पनि सेमिफाइनलमा स्थान बनाए ।

उपाधि दाबेदार टोली पाकिस्तानले अपराजित रहँदै सेमिफाइनलमा स्थान पक्का गर्‍यो ।

सुपर–१२ को पहिलो खेलमा वेस्ट इन्डिजलाई सहजै हराएको इंग्ल्यान्डले पाँच खेलबाट ८ अंक जोड्दै सेमिफाइनलमा स्थान बनाएको हो । इंग्ल्यान्डले आज समूह–२ को उपविजेता टोली न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

समूह–२ अन्तर्गत पाकिस्तानसँग पराजित भएको न्युजिल्यान्डले पाँच खेलबाट ८ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनायो । यसै समूहमा रहेको पाकिस्तान अपराजित रहँदै सेमिफाइनलमा पुग्यो ।

सन् २०१९ मा भएको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा इंग्ल्यान्डसित पराजित भएको न्युजिल्यान्ड आजको खेलमा बदला लिने योजनामा छ । उक्त प्रतियोगिताको फाइनलमा बाउन्ड्रीको आधारमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई हराएको थियो । केन विलियमसनको कप्तानीमा रहेको न्युजिल्यान्ड तुलनात्मक रूपमा इंग्ल्यान्डभन्दा कमजोर छ ।

Royal Enfield Island Ad

हालसम्म यी दुई टोलीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २१ पटक प्रतिस्पर्धा गरेका छन् । त्यसमध्ये १३ खेल इंग्ल्यान्डले र सात खेल न्युजिल्यान्डले जितेको छ । एक खेल नतिजाविहीन भएको थियो ।

यस्तै, टी–ट्वान्टी विश्वकप क्रिकेटमा दुई टोलीबीच पाँचपटक भेट भएको छ । जसमा इंग्ल्यान्ड तीन खेलमा विजयी भएको छ भने न्युजिल्यान्डले दुई खेल जितेको छ ।

न्युजिल्यान्डका मार्टिन गुप्टिलको इंग्ल्यान्डविरुद्ध राम्रो रेकर्ड छ । उनले इंग्ल्यान्डविरुद्ध टी–ट्वान्टी खेलमा कुल ४६७ रन बनाएका छन् । यस्तै, इंग्ल्यान्डका इवोन मोर्गानले न्युजिल्यान्डविरुद्ध कुल ४२४ रन बनाएका छन् ।

बलिङतर्फ भने दुई टोलीबीचको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको रेकर्ड हेर्दा न्युजिल्यान्डका मिचेल स्टेनरले इंग्ल्यान्डविरुद्ध सर्वाधिक १६ विकेट लिएका छन् । यस्तै, टिम साउथीले कुल १२ विकेट लिएका छन् ।

यूएईको शेखजायद क्रिकेट रंगशालामा दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro