site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस महाधिवेशन : रौतहटबाहेकका विवादित जिल्लामा निर्वाचन अधिकृत तोकियो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले रसुवासहित बाँकी १३ मध्ये १२ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । रौतहटमा भने करिब १०० दिनदेखि पार्टी कार्यालयमा धर्ना बसेकाहरूका माग सम्बोधन गर्न संस्थापन पक्ष तयार नभएपछि अझै सदस्यता विवाद टुङ्गिएको छैन । 

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवकाअनुसार रसुवाको सदस्यता पनि निर्वाचन समितिले पाएको छ । क्रियाशील सदस्यता पाएसँगै निर्वाचन अधिकृत पठाउने काम पनि सुरु भएको छ । रसुवासहि १२ जिल्लामा विवाद टुङ्गिएकाले ती जिल्लामा निर्वाचन अधिकृत पनि तोकिएका छन् । निर्वाचन समितिले कुन जिल्लामा कसलाई पठाइयो भनेर सूची भने सार्वजनिक गरेको छैन । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“हामीले रसुवाको पनि क्रियाशील सदस्यता पाएका छौँ । अब रौटहटको मात्र बाँकी हो,” निर्वाचन समितिका संयोजक महादेव यादवले बाह्रखरीसँग भने, “हामी तोकिएकै मितिमा अधिवेशन प्रारम्भ गर्न निर्वाचन अधिकृतको नाम तोक्नेदेखि अन्य सबै तयारी गरेर बसेका छौँ ।” 

उनले आगामी २७ गते सबै जिल्लामा वडा अधिवेशन सुरु हुने भन्दै कुनै वडामा प्रभावित भएमा निर्वाचन अधिकृतले नै आवश्यक निर्णय गरेर केन्द्रमा जानकारी गराउने बताए । 

Royal Enfield Island Ad

तीव्र विवादकाबीच सदस्यता टुङ्गिएको बारामा भने निर्वाचन अधिकृत जान तयार भइरहेका छैनन् । त्यसैले निर्वाचन समितिका संयोजक यादवले विभिन्न व्यक्तिलाई बारा गएर अधिवेशन गराउन आग्रह गरिरहेका छन् । “धेरैजना बारामा गएर अधिवेशन गराउन तयार हुनुभएन । एकजनालाई भनेको छु, उहाँ तयार हुनुहुन्छ होला,” संयोजक यादवले भने, “यदि उहाँपनि तयार हुनुभएन भने म आफैँ गएर अधिवेशन गराउँछु ।” 

उनले निर्वाचन समितिसँग अब थोरै समय रहेकाले तोकिएकै मितिमा सबै काम गर्दै जानुपर्ने बताए । 

संयोजक यादवले रौटहतको सदस्यता विवाद नटुङ्ग्याए बाँकी जिल्लाको अधिवेशन टुङ्ग्याउने र पार्टीले निर्णय गरेअनुसार अघि बढ्ने बताए । गत १३औँ महाधिवेशनमा धनुशाको क्षेत्र नम्बर ५ लाई महाधिवेशनमा सहभागी हुनबाट बञ्चित गरिएको थियो । यसपटक रौतहटका विषयमा पनि केन्द्रीय समितिले त्यस्तो निर्णय गरे रौतहट महाधिवेशनबाट बञ्चित हुन सक्छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro