site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साविक विजेता एट्लेटिको बराबरीमा रोकियो, प्रशिक्षक सिमोनीलाई रातो कार्ड
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एनिस बार्धीले अन्तिम मिनेटमा विवादस्पद पेनाल्टीमा गोल गरेपछि लेभान्टेले गएराति स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडसँग २–२ को बराबरी खेल्दै अंक खोसेको छ । 

भ्रमणकारी टोली एट्लेटिकोले एन्टोइन ग्रिजमनको गोलबाट १२औं मिनेटमा अग्रता लिएको थियो । ग्रिजमन बार्सिलोनाबाट पुनः एट्लेटिको फर्किएपछि ला लिगामा गरेको यो पहिलो गोल हो । ३७औं मिनेटमा बर्धीले पेनाल्टीमा बराबरी गोल फर्काएका थिए । ७६औं मिनेटमा म्याथुज कुन्हाले गरेको गोलबाट एट्लेटिकोले पुनः अग्रता लियो ।

Agni Group
NIC Asia

८०औं मिनेटमा एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीलाई रेफ्री पाब्लो गोन्जालेजले रातो कार्डको दर्शन गराएपछि उनी ‘टच लाइन’बाट बाहिरिएका थिए । 

९०औं मिनेटमा लेभान्टेले अर्को पेनाल्टी अवसर पायो । त्यसमा बेर्धीले गोल गरेपछि एट्लेटिको अंक बाढ्न बाध्य भयो । इन्जुरी समयमा रोबरले दोस्रो पहेंलो कार्डको सामना गरेपछि लेभान्टे दश खेलाडीमा सीमित बनेको थियो ।  

Global Ime bank

बराबरीपछि १० खेलबाट १९ अंक जोडेको एट्लेटिको छैटौं स्थानमा छ । जुन चौथो स्थानको रियाल बेटिसभन्दा दुई अंकले पछाडि हो भने शीर्ष स्थानको रियाल सोसिडाडभन्दा पाँच अंकले पछाडि हो । तथापि एट्लेटिकोले एक खेल कम खेलेको छ । 

रियाल सोसिडाडले गएराति नै सेल्टा भिगोलाई २–० ले हराएको थियो । रियाल सोसिडाडको गोलमा एलेक्जेन्डर इसाक र एरिट्ज इलुस्टोन्डोले गोल गरेका थिए । सेल्टा भिगो १० अंकका साथ १४औं स्थानमा छ । 

गएराति नै ग्रानाडा र गेटाफेले १–१ को बराबरी खेले । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  ०८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu