site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युभेन्टस पराजित, इन्टर र रोमा विजयी
Siddhartha BankSiddhartha Bank

एपी । मासिमिलानो एलेग्रीको युभेन्टसमा प्रशिक्षकका रूपमा २००औँ खेल विर्सनलायक बन्यो । युभेन्टस गए राति घरेलु मैदानमा सासुओलोसँग २–१ ले पराजित भयो ।

भ्रमणकारी सासुओलो डेभिड फ्राटेसीले ४४औँ मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो । युभेन्टसका वेस्टन म्याककेनीले ७६औँ मिनेटमा बराबरी गोल फर्काए । तर, इन्ज्युरी समयमा म्याक्सिम जोपेजले गोल गरेपछि सासुओलोले तीन अंक पक्का गर्‍यो । सासुओलोले युभेन्टसको घरेलु मैदानमा जितेको यो पहिलोपटक हो ।

Agni Group
NIC Asia

हारपछि युभेन्टस लिगको शीर्ष क्लब एसी मिलानभन्दा १३ अंकले पछाडि परेको छ । सातौँ स्थानमा रहेको युभेन्टसले १० खेलबाट १५ अंक जोडेको छ । शीर्ष क्लब मिलानको २८ अंक छ । सासुओलो १४ अंकका साथ नवौँ स्थानमा छ ।

इटालियन सिरी ‘ए’मा साबिक विजेता इन्टर मिलानले १० खेलाडीमा सीमित इम्पोलीलाई २–० ले हरायो । इन्टरको जितमा ड्यानिलो डी‘एम्ब्रेसियो र फेडरिको डिमार्कोले गोल गरे ।

Global Ime bank

५२औँ मिनेटमा सामुयल रिसीले रातो कार्डको सामना गरेपछि इम्पोली १० खेलाडीमा सीमित बनेको थियो ।

जितपछि २१ अंक जोडेको इन्टर तेस्रो स्थानमा छ । १२ अंकसहित इम्पोली १२औँ स्थानमा छ । एएस रोमा १९ अंकका साथ चौथो स्थानमा छ । रोमाले गए राति काग्लिएरीलाई २–१ ले हराएको थियो ।

त्यस्तै, पाँचौँ स्थानको एटलान्टाले साम्पडोरियालाई ३–१ ले हरायो । एटलान्टाले १० खेलबाट १८ अंक जोडेको छ । त्यो शीर्ष स्थानको मिलानभन्दा ९ अंकले पछाडि हो ।

छैटौँ स्थानको लाजियोले पनि गए राति फ्लोरेन्टिनालाई १–० ले हरायो । लाजियोले १७ अंक जोडेको छ भने १५ अंकसहित फ्लोरेन्टिना आठौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ०९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय