site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृह मन्त्रालयले भन्यो– परिचयपत्र नभएकालाई कोठा भाडामा नदिनू
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । विदेशी नागरिक अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोवास गर्ने प्रयास गरिरहेको भन्दै सरकारले परिचयपत्रविना कसैलाई पनि घर/अपार्टमेन्ट/कोठा भाडामा नदिन आग्रह गरेको छ ।

सोमबार एक विज्ञप्तिमार्फत गृहमन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई घर/अपार्टमेन्ट/कोठा भाडामा नदिन आग्रह गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गृहले परिचयपत्र नभएकालाई काममा नलगाउन पनि आग्रह गरेको छ ।  साथै पहिचान नखुलेका विदेशी नागरिकहरू देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गर्न पनि भनिएको छ ।

"पछिल्ला केही दिनका घट्नाहरूबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोवास गर्ने प्रयास भइरहेको बुझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिहरूलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरूलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ । साथै कोही पहिचान नखुलेका विदेशी नागरिकहरू देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिनुहुन समेत अनुरोध छ," विज्ञप्तिमा भनिएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro