site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतमाथि पाकिस्तानको ऐतिहासिक जित
Siddhartha BankSiddhartha Bank

काठमाडौं । पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकालेको छ । आइतबार राति भएको खेलमा पाकिस्तानले भारतमाथि १० विकेटले जित निकालेको हो ।

टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारत र पाकिस्तान यसअघि पाँचपटक भिडेका थिए । जसमा सबै खेल भारतले नै जितेको थियो । तर, आजको खेलमा पाकिस्तानले भारतमाथि १३ बल बाँकी छँदै १० विकेटको सानदार जित निकालेको हो ।

पाकिस्तानका मोहम्द रिजवन र बाबर आजमको अर्धशतकको सहयोगमा भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले १७ ओभर ५ बलमा पूरा गर्‍यो । ५५ बल खेलेका रिजवनले ६ चौका र ३ छक्काको मद्दतमा ७९ रन बनाए । त्यस्तै ५२ बल खेलेका आजमले ६ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले सात विकेटको क्षतिमा १५१ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ४९ बलमा ५७ रनको अर्धसतकीय पारी खेले ।

Global Ime bank

पावर प्लेमा तीन विकेट गुमाएर भारतले ३६ रनमात्र बनाउन सक्यो । भारतका लागि ऋशव पन्तले ३९ रन बनाउँदा रवीन्द्र जडेजा १३ तथा सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले समान ११-११ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका लागि साहिन आफ्रिदीले चार ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । त्यस्तै हस्सन अलीले २ विकेट लिँदा शादव खान र हरिस रफले समान एक-एक विकेट लिए । 

साहिन आफ्रिदी 'म्यान अफ दी म्याच'समेत चुनिए ।

बलियो मानिएको भारतमाथि सहज जित निकालेको पाकिस्तानले जारी विश्वकपमा सुखद सुरुवात गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  २३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय