site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकाले ५० लाख डलर टाउकोको मूल्य तोकेको लागुऔषध तस्कर कोलम्बियामा पक्राउ
Siddhartha BankSiddhartha Bank

बीबीसी । अमेरिकाले ५० लाख डलर टाउकोको मूल्य तोकेको कुख्यात लागुऔषध तस्कर कोलम्बियामा पक्राउ परेका छन् ।

कोलम्बियाको ‘मोस्ट वान्टेड’ लागुऔषध तस्कर र देशको सबैभन्दा ठूलो आपराधिक गिरोहका नेता डेरो एन्टोनियो उसुगा पक्राउ परेका हुन् । ओटोनियल नामबाट चर्चित उसुगालाई सेना, हवाई बल र प्रहरीको संयुक्त कारबाहीपछि शनिबार पक्राउ गरिएको हो ।

कोलम्बिया सरकारले ओटोनियलको बारेमा सूचना दिनेलाई आठ लाख डलर पुरस्कार घोषणा गरेको थियो ।

Agni Group
NIC Asia

राष्ट्रपति इभान ड्युकले ओटोनियलको गिरफ्तारी लागुऔषध तस्करीविरुद्ध यो शताब्दीकै सबैभन्दा ठूलो सफलता भएको बताएका छन् ।

ओटोनियल कोलम्बियाको उत्तर पश्चिम क्षेत्रको एक ग्रामीण इलाकाबाट पक्राउ परेका हुन् । यस कारबाहीको विस्तृत विवरण अझै आइसकेको छैन । सो कारबाहीमा एकजना प्रहरी अधिकारी मारिएको राष्ट्रपति ड्युकले बताए ।

Global Ime bank

पक्राउपछि कोलम्बियाका सुरक्षा बलहरूले हतकडी लगाएका ओटोनियललाई सुुरक्षा पहरा दिइरहेको तस्बिर सार्वजनिक गरेका थिए ।

५० वर्षीय ओटोनियललाई पक्राउ गर्न वर्षौँदेखि हजारौँ प्रहरीहरू संलग्न अभियानहरू भए पनि सफल हुनसकेको थिएन । १० वर्षअघि नयाँ वर्षको उत्सव मनाइरहेका बेला प्रहरीको कारबाहीमा उनको दाजुको मारिएपछि ओटोनियल गल्फ क्लान भनिने समूहको प्रमुख बनेका थिए ।

सो गिरोहलाई कोलम्बियाले देशकै सबैभन्दा शक्तिशाली आपराधिक संगठनको रूपमा लिएको थियो भने अमेरिकाले सशस्त्र र अत्यन्त हिंस्रक समूहको रूपमा चित्रण गरेको थियो ।

उक्त गिरोहमा १८ सय सशस्त्र सदस्यहरू रहेको ठानिएको छ । टाढाका देशहरू अर्जेन्टिना, ब्राजिल, होन्डुरस, पेरु स्पेनबाट यसका सदस्यहरू पक्राउ परेका छन् । यस गिरोहले कोलम्बियादेखि अमेरिका र अझै टाढा रुसका लागुऔषध तस्करीको लागि प्रयोग गरिने धेरै मार्गहरू नियन्त्रण गरेको बताइन्छ ।

कोलम्बिया सरकारले हालैका वर्षहरूमा यसका सदस्यहरूलाई कम गरिरहेको बताएको छ ।

ओटोनियलले अमेरिकामा कोकिन पठाएको, प्रहरी अधिकारीको हत्या गरेको र बालबालिकालाई आपराधिक क्रियाकलापमा संलग्न गरेकालगायत थुप्रै आरोपहरू लगाइने बताइएको छ ।

सन् २००९ मा अमेरिकामा आपराधिक क्रियाकलापका लागि मुद्दा दर्ता गरिएकोले उनलाई सुपुर्दगी गर्ने प्रक्रिया चालेर अन्ततः न्युयोर्कको अदालतमा उपस्थित गराइन सकिने बताइन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu