काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपतमा आम नागरिकलाई सरकार छ भन्ने आभास दिनेगरी काम गर्न आग्रह गरेका छन् । सरकारले आफ्नो सम्पूर्ण ध्यान तत्काल उद्धार र राहतमा केन्द्रित गर्न आवश्यक रहेको उनको भनाइ छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले मानिसहरू विस्थापित भएको, अन्नभण्डारका रूपमा रहेको तराईमा धानबाली नष्ट भएको भन्दै सरकारको ध्यानकर्षण गराएका छन् ।
“विपतमा परेका नागरिकले सरकार छ भन्ने आभास दिने गरी काम अगाडि बढाउन मैले सरकारका प्रधानमन्त्रीसँग आग्रह गरेको छु,” पौडेलले लेखेका छन् ।
नेता पौडेलले अप्रत्याशित र बेमौसमी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले ठुलो मानवीय र भौतिक क्षति पुर्याएकोप्रित दुख प्रकट गरेका छन् ।