site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेलाई निर्णायक शक्ति बनाएमात्र विकासले गति लिन्छ : शंकर पोखरेल

मोरङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सबै लाग्नुपर्ने बताएका छन् ।

एमाले मोरङ जिल्ला कमिटीले आज ग्रामथान गाउँपालिकामा आयोजना गरेको कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा उनले ‘मिसन–८४’ मा पार्टीलाई बहुमतका साथ विजयी बनाउन आजैदेखि कार्यकर्ता संगठित भएर लाग्नुपर्ने बताए ।

महासचिव पोखरेलले एमालेको नीतिलाई राष्ट्रको नीति बनाउन आगामी निर्वाचनमा विजयी बनाउन सकेमात्र मुलुकमा विकासले गति लिने दाबी गरे ।

कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेको लोकप्रियताकै कारण विगतको उपनिर्वाचनमा पार्टीका उमेदवारले पूर्वको इलाम र पश्चिममा समेत विजयी भएको बताए । उनले वर्तमान संघीय लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नभएकाले यसलाई संस्थागत गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

एमाले कोसी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पार्टीले तय गरेको राष्ट्रिय लक्ष्य र संकल्पलाई केन्द्रविन्दुमा राखी सिंगो पार्टी शक्तिलाई परिचालन गर्नुपर्नेमा जोड दिए ।

पार्टीका मोरङ इन्चार्ज जीवन घिमिरे, मोरङ अध्यक्ष बाबुराम कार्कीले मिसन ८४ लाई सफल बनाउन नेता कार्यकर्तालाई महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरे ।

सोही अवसरमा मंसिर १६ गते हुने ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको निर्वाचनमा एमालेका तर्फबाट अध्यक्षका उमेदवार तुलसीराम विश्वासलाई घोषणा गरिएको थियो । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  २१:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro