काठमाडौं । साफ च्याम्पियनसिपमा पहिलोपटक उपविजेता बन्न सफल नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले जनही पाँच लाख नगद पुरस्कार दिने भएको छ ।
मादिल्दभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा चीर प्रतिद्वन्द्वी भारतसँग ३–० ले पराजित भएको थियो । तथापि नेपालले यस प्रतियोगितामा फाइनलसम्मको यात्रा तय गरेको यो पहिलोपटक हो । नेपाली टोली आजै विहान स्वदेश फर्किएको थियो ।
नेपाली टोलीका खेलाडी जनही पाँच लाख र प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई ३ लाख रुपैयाँ दिने नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी गराए । आजब बसेको मन्त्रिपरिषद्को नियमित बैठकले फुटबल टोलीलाई नगद पुरस्कार दिने निर्णय गरेको हो ।
पाँच टोली सम्मिलित प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा खेलाइएको थियो । समूह चरणमा नेपालले दुई खेल जितेको थियो भने एक बराबरी र एक खेलमा हार ब्यहोरेको थियो । नेपालले लिग चरणमा उप विजेता बन्दै फाइनलमा स्थान बनाएको हो ।
नेपालले पहिलो खेलमा बंगलादेशलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो । तेस्रो खेलमा भारतसँग १–० ले हारेको नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनलमा स्थान पक्का गरेको थियो ।