अर्थ व्यवसाय
काठमाडौं । आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ । असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
फाइनान्सले २०७८ असार मसान्तसम्म कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनिको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीमा वितरण हुनेछ ।
प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८ ११:३७
प्रतिक्रिया दिनुहोस्