site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालबाट हङकङ चरेश कारोबार गर्ने गिरोहका ७ जना पक्राउ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालबाट हङकङमा अवैध लागूऔषध चरेशको कारोबार गर्ने गिरोहका ७ जनालाई ७ केजी ९७७ ग्राम अवैध लागूऔषध चरेश सहित पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी घर भएका ३२ वर्षीय अन्जित थापा, सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ५ ठेगाना भई ललितपुर हात्तिवन बस्ने ३० वर्षीय सुजन श्रेष्ठ, सिन्धुपाल्चोक लिसखु गाउँपालिका ५ ठेगाना भएका ४१ वर्षीय सागर भन्ने जालिन्द्र श्रेष्ठ रहेको छन् । पर्सा सखुवापर्सौनी गाउँपालिका १ घर भई हाल काठमाडौं बौद्ध नयाँबस्तिस्थित सिलाई बुनाई काम गर्ने दिनदयाल महतो उराव, उक्त कोठामा बसेका दिपेन्द्र महतो उराव, मकवानपुर थाहा नगरपालिका ११ बस्ने ४५ वर्षीय रबि मुक्तान र धादिङ थाक्रे गाउँपालिका ३ बस्ने २३ वर्षीय मोतीलाल तामाङ रहेका प्रहरीले जनाएको छ ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त प्रहरी टोलीले असोज १४ गते  ललितपुर मानभवनस्थित ब्लू स्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थामा ९ थान थाङ्का र सो मा प्रयोग हुने काठको डण्डीभित्र लुकाई राखेको ३ केजी ५० ग्राम चरेशसहित अन्जित थापालाई पक्राउ गरेको थियो । 

अनुसन्धानको क्रममा सोही दिन अन्जितलाई उक्त सामान दिने सुजनलाई पक्राउ गरी सुजनलाई समेत चरेश दिने जालिन्द्रलाई पक्राउ गरेको हो । 

Royal Enfield Island Ad

जालिन्द्रको कोठाबाट सानो थाङ्कामा प्रयोग हुने आयातकार काठको ९६ थान लिस्टिभित्र लुकाई राखेको २ केजी ४० ग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ ।  

थप अनुसन्धानको सिलसिलामा असोज १५ गते दिनदयाल महतोको कोठाबाट सानो थाङ्कामा प्रयोग हुने काठको ११३ थान लिस्टिमा लुकाई राखेको २ केजी ८७५ ग्राम चरेश बरामद गरिएको प्रहरीले जनाएको छ । 

जालिन्द्र र सुजनलाई चरेस बिक्री गर्ने रबिलाई उनकै कोठाबाट ९ ग्राम ५ सय मिलीग्राम लागूऔषध चरेश सहित पक्राउ गरेको हो । रविलाई चरेश उपलब्ध गराउने मोतीलाललाई समेत २ ग्राम ५ सय मिलीग्राम चरेशसहित पक्राउ गरिएको हो । उनले धादिङ लगायत विभिन्न स्थानबाट लागूऔषध चरेश संकलन गरी उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूले नेपालबाट विभिन्न हस्तकलाका सामानहरुमा चरेश लुकाई कार्गोबाट हङकङ पठाउने गरेको र उनीहरूउपर लागूऔषध सम्बन्धी कसूरमा अदालतबाट म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro