site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
नेदरल्यान्ड्स र क्रोएसिया विजयी, वेल्स बराबरीमा रोकियो
SkywellSkywell

एजेन्सी । ड्याभी क्लासेनको गोलमा नेदरल्यान्ड्सले गएराति विश्वकप छनोट प्रतियोगितामा लाटभियालाई १–० ले हराएको छ । त्यस्तै क्रोएसियाले पनि साइप्रसमाथि ३–० को विजय हासिल गर्यो ।

भ्रमणकारी नेदरल्यान्ड्सको जितमा क्लासेनले १९औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो । जितसँगै नेदरल्यान्ड्सले समूह ‘जी’ को शीर्ष स्थानमा दुई अंकको अग्रता लिएको छ । 

Dabur Nepal
NIC Asia

नेदरल्यान्ड्सले सात खेलबाट १६ अंक जोडेको छ । समान खेलबाट १४ अंक जोडेको नर्वे दोस्रो स्थानमा छ । नर्वेले गएराति तेस्रो स्थानको टर्कीसँग १–१ को बराबरी खेल्यो । टर्कीले १२ अंक जोडेको छ । ११ अंकका साथ चौथो स्थानमा रहेको मोन्टेनेग्रोले जिब्राल्टरलाई ३–० ले हरायो । 

नेरदल्यान्ड्ले अब सोमबार जिब्राल्टरविरुद्ध खेल्ने । नर्वेले मोन्टेनेग्रो र टर्कीले लाटभियाविरुद्ध खेल्नेछ ।

समूह ‘एच’ मा क्रोएसिया र रुसले आ आफ्नो खेल जित्दै समान १६ अंक जोडेका छन् । तथापि गोल अन्तरमा क्रोएसिया अगाडि छ । 

क्रोएसियाले साइप्रसलाई ३–० ले हराएको हो । क्रोएसियाको जितमा इभान पेरिसिच, जोस्को भार्डिओल र मार्को लिभाजाले गोल गरे । रियाल मड्रिडका मिडफिल्डर लुका मोड्रिच पेनाल्टीमा गोल गर्न चुके ।

रुसको जितमा स्लोभाकियाका मिलान स्क्रिनियरले गरेको आत्मघाती गोल निर्णायक बन्यो । समूह ‘एच’ मै स्लोभेनियाले माल्टालाई ४–० ले हरायो । 

समूह ‘ई’ मा वेल्सले चेक गणतन्त्रसँग २–२ को बराबरी खेल्यो । बराबरीपछि ५ खेलबाट आठ अंक जोडेको वेल्स तेस्रो स्थानमा छ । ६ खेलबाट समान आठ अंक जोडेको चेक गणतन्त्र दोस्रो स्थानमा छ । यस समूहमा बेल्जियम १६ अंकका साथ शीर्ष स्थानमा छ । स्टोनियाले बेलारुसलाई २–० ले हरायो । स्टोनिया चौथो र बेलारुस पाँचौं स्थानमा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro