site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुजाताको आक्रोश– मन्त्रीको आश्वासन दिएर धोका दिइयो 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालाले मन्त्री पदका लागि आश्वासन दिएर धोका दिइएको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।

महामन्त्री डा. शशांक कोइरालाले आश्वासन दिए पनि अन्तिममा धोका दिएको भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।

Agni Group
NIC Asia

उनले यसले गर्दा शशांकको क्षमता र इमान्दारितामा गम्भीर प्रश्न उठेको बताइन् ।

“मलाई शशांकका भनाइहरुसँग कुनै विश्वास नै लाग्दैन, त्यसैले म मन्त्री बन्छु र शशांकले मलाई बनाउँछ भनेर विश्वास त थिएन नै तर पनि अन्तिममा धोका चाहिँ भयो,” उनको प्रतिक्रिया थियो ।

Global Ime bank

“म क्यान्सर भइसकेपछि लामो समय राजनीतिमा सक्रिय हुनसकिन । देशभरका धेरै साथीहरुको सुझाव तपाईं निस्क्रीय भएर नबस्नुस् भन्ने आयो । म जिपी फाउण्डेसनमार्फत देशभरका साथीहरुमाझ विभिन्न काम लिएर पुगे । जिल्ला जिल्लाबाट तपाईं अघि बढ्नुपर्छ भन्ने सुझावपछि स्वास्थ्यमा पनि सुधार आयो, नेता कार्यकर्ताको सुझाव पनि आयो मैले सभापतिमा उम्मेदवारी घोषणा गरेँ,” सुजाताले भनिन्, “मैले सभापतिमा उम्मेदवारी घोषणा गरेपछि शशांक मेरै घरमा आएर कुराकानी भयो । दिउँसो लञ्च मिटिङ गरियो । परिवारको सदस्यसँग राजनीतिक कुरा धेरै गर्नु थिएन मैले गरिनँ । शशांकले नै सभापतिमा उम्मेदवारी घोषणा गरेको प्रशंग निकालेर यसपटक मलाई सहयोग गर । म तिमीलाई मन्त्री बनाउँछु, पहिला उपप्रधानमन्त्री भइसकेकाले अब तिमीलाई राम्रो मन्त्रालयसहित उपप्रधानमन्त्री बनाउँछु । पार्टीमा पनि सम्मानजक उपस्थिति रहने व्यवस्था मिलाउँछु । तर पार्टी नेतृत्वका लागि म अघि बढ्छु भनेका थिए ।” 

तर अहिले मन्त्री नबनाइएको उनको गुनासो थियो ।
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय