![यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी वैज्ञानिकलाई](https://12khari.top/uploads/posts/Noble1633361468.jpg)
काठमाडौँ । मानव शरीरले कसरी तापक्रम र स्पर्श महसुस गर्छ भन्नेबारे खोज गरेका दुई जना वैज्ञानिकले संयुक्त रूपमा यस वर्षको ‘शरीर विज्ञान वा चिकित्सा’ तर्फको नोबेल पुरस्कार जितेका छन् ।
अमेरिकी वैज्ञानिकद्वय डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई मानव शरीरले तापक्रम र स्पर्श महसुस गर्ने प्रक्रियामा गरेको कार्यका लागि सन् २०२१ को लागि नोबेल पुरस्कारबाट पुरस्कृत गरिएको हो । पाटापौटियन लेबनानमा जन्मिएका हुन् भने जुलियस अमेरिकामै जन्मिएका हुन् ।
यस खोजले दुखाइ अथवा मुटुरोगको पनि उपचार गर्न नयाँ पद्धतिको विकास गर्न सघाउ पुग्न सक्ने बताइएको छ ।
नोबेल पुरस्कार कमिटीका महासचिव (सेक्रेटरी जेनरल) थोमस पर्लम्यानले यो एउटा अत्यन्तै महत्वपूर्ण र गहीरो खोज भएको बताएका छन् ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
पुरस्कृत जोडीले एक करोड स्विडिस क्रोनर प्राप्त गर्नेछन् । द नोबेल प्राइजबाट ।