site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एउटै प्रदेशभित्र चल्ने गाडीको भाडा नबढ्ने, आफूखुसी बढाए कारबाही गरिने
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । यातायात व्यवस्था विभागले एउटै प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा नबढ्ने जनाएको छ । आइतबार एक सूचना जारी गर्दै विभागले प्रदेश र स्थानीय तहबाट भाडादर समायोजन नभएसम्म एउटै प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा बढाउन नपाइने बताएको छ ।

विभागका प्रवक्ता लोकनाथ भुसालले जारी गरेको सूचनामा गत असार २९ गतेदेखि लागु गरेको भाडादर एउटै प्रदेशभित्र चल्ने सवारी साधनमा लागु नहुने उल्लेख छ ।

Agni Group
NIC Asia

‘‘काठमाडौं उपत्यका लगायत केही जिल्लाहरूमा सञ्चालित सार्वजनिक सवारी साधनहरूले आफूखुसी मनोमानी भाडा असुल गर्ने गरेको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,” विभागले जारी गरेको सूचनामा भनिएको छ । 

यातायात व्यवयासी आफैँले मनोमानी रूपमा भाडा बढाए कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत विभागले दिएको छ  ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu