site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कन्हैया कुमार : के संसद्मा जाने हतारले कम्युनिस्ट पार्टी छोडेर कांग्रेस प्रवेश गरेका हुन् ?
Siddhartha BankSiddhartha Bank

दिल्ली । भाषणकलामा माहिर भारतीय कम्युनिस्ट पार्टी (भाकपा)का युवा नेता एवम् जेएनयूका पूर्व विद्यार्थी नेता कन्हैया कुमार मंगलबार कांग्रेसमा प्रवेश गरेका छन् ।

भाकपाको तर्फबाट बिहारको बेगूसराय लोकसभा सीटमा चुनाव समेत लडेका कन्हैया कुमारलाई दिल्लीस्थित कांग्रेस मुख्यालयमा कांग्रेस नेता राहुल गान्धीले पार्टी प्रवेश गराएका हुन् । उनीसँगै गुजरातका विधायक जिग्नेश मेवाणीले पनि कांग्रेसको सदस्यता लिए ।

Agni Group
NIC Asia

कन्हैया कुमारले देश बचाउनका लागि कांग्रेस प्रवेश गरेको बताए । कांग्रेसले मात्र महात्मा गान्धी र भागत सिंहको सपनालाई बचाउन सक्ने उनको दाबी छ । उनले भने, “तपाईं आफ्नो दुश्मनको चुनाव गराउनुहोस्, साथी आफैँ बन्छ । हामी देशको सबैभन्दा लोकतान्त्रिक पार्टीमा यस कारण प्रवेश गर्न चाहेका हौँ कि यदि कांग्रेस बचेन भने देश पनि बच्दैन ।”

कन्हैया कुमारको सहभागिताले कांग्रेस बलियो हुने कांग्रेस नेताहरूको दाबी छ । तर, भाकपाले भने कन्हैया कुमार ‘अवसरवादी’ भएको आरोप लगाउँदै उनले केही संघर्ष नगरेको र उनको साथ जनाधार नभएको दाबी गरेको छ । यस्तो अवस्थामा उनको साथ लिएर कांग्रेसलाई केही फाइदा नहुने भाकपाको बुझाइ छ ।

Global Ime bank

कतिपयले कन्हैया कुमारको कांग्रेस प्रवेशलाई उनको महत्वकांक्षाको अभिव्यक्ति भनी टिप्पणी गरेका छन् ।बीबीसी हिन्दीबाट

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  २३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu