site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ल्यान्डिङ गियरमा समस्या देखिएको भनिएको बुद्धको जहाज उड्यो
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । ल्यान्डिङ गियरमा समस्या देखिएको भनिएको बुद्ध एयरको ९ एन–एएनआई कलसाइन जहाजले उडान गरेको छ ।

मंगलबार ल्यान्डिङ गियर नखुलेका कारण यो जहाज करिब दुई घण्टा आकाशमा होल्ड भएको थियो । दुई घण्टासम्म नखुलेको भनिएको ल्यान्डिङ गियर खुलेपछि सामान्य अवस्थामा ल्यान्ड गरिएको थियो ।

Dabur Nepal
NIC Asia

मंगलबार सवा १० बजे ल्यान्ड गरिएको उक्त विमान २४ घण्टा नपुग्दै पुनः उडान गरेको हो । मंगलबार के समस्या भएको थियो भन्ने विषयमा छानबिन गर्न समिति पनि बनाइएको छ । तर, प्रतिवेदन नआउँदै बुद्धले उक्त विमान उडाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले उक्त विमानमा कुनै समस्या नदेखिएपछि कम्पनीले उडान सुरु गरेको हुन सक्ने बताए । “हिजो ल्यान्ड गरिसकेपछि त्यसमा के समस्या भएको हो भन्ने हाम्रा कर्मचारीले पनि अध्ययन गरेका थिए । त्यसमा समस्या देखिएन । सोही कारण कम्पनीले पुनः उडान सुरु गरेको हुनसक्छ,” तीन अधिकारीले भने ।

तर, प्राधिकरणकै कर्मचारी भने छानबिन समितिको प्रतिवेदन नआउँदै जहाज उडाउनु बुद्ध एयरले सुरक्षामा ध्यान नदिएको स्पष्ट भएको आरोप लगाए । “हिजो त्यत्रो समस्या देखिएपछि एक/दुई दिन पनि जहाज होल्ड गर्न नसक्नु अचम्मको कुरा हो । यसले सुरक्षामा ध्यान दिएको देखिएन,” उनले भने ।

उक्त जहाजमा कुनै समस्या नदेखिएपछि उडान सुरु गरेको बुद्धका एक कर्मचारीले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu