site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्विट्जरल्यान्डमा जनमत संग्रहबाट समलैंगिक विवाहलाई मान्यता
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

जेनेभा । स्विट्जरल्यान्डले समलैगिंक विवाहलाई मान्यता दिने भएको छ । आइतबार भएको जनमतसंग्रहमा भारी बहुमतले समलैंगिक विवाहलाई स्वीकृत गरेको हो । आधिकारिक नतिजाअनुसार समलैंगिक विवाहको पक्षमा ६४.१ प्रतिशत मतदाताले मतदान गरेको एपीले जनाएको छ ।

स्विट्जरल्यान्डको सबै २६ वटै क्यान्टोनमा समलैंगिक विवाहको पक्षमा बहुमत आएको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

स्विट्जरल्यान्डको संसद् र संघीय परिषद्ले “सबैका लागि विवाह” नीतिलाई समर्थन गरेको थियो । उसले सन् २००७ देखिनै समलैंगिक जोडी (सेम–सेक्स सिभिल पार्टनरसिप) लाई अनुमति दिएको थियो ।

यसका समर्थकले अब समलैंगिक जोडीले पनि विपरीत लिंगीले जस्तै बच्चा धर्मपुत्र/धर्मपुत्री राख्न पाउने र समलैंगिक दम्पत्तीको पहिचानसहितको नागरिकता पाउन सक्ने बताएका छन् । तर, यसका विरोधीले भने समलैंगिक जोडीलाई विवाहको पूर्ण अधिकारले परिवार आधारित एक पुरुष र एक महिलाबीचको विवाहलाई कमजोर बनाउने विश्वास गर्छन् ।

Royal Enfield Island Ad

योसँगै समलैंगिक विवाहलाई मान्यता दिने देशको संख्या ३० पुगेको छ । युरोपेली मुलुक नेदरल्याण्डले २००१ मा पहिलोपटक समलैंगिक विवाहलाई कानूनी मान्यता दिएको थियो । एपीबाट

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  २२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro