फोटो फिचर
काठमाडौं । स्यानिटरी प्याडमा भएको मूल्य वृद्धिको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागीहरुले स्यानिटरी प्याडमा भएको मूल्य वृद्धिलाई रातो कर भनेका छन् । स्यानिटरी प्याड विलाशिताको बस्तु नभएको भन्दै यसमा थप कर नलगाउन सरकारसँग माग गरिएको छ ।
प्रदर्शनकारीले स्यानिटरी प्याडमा भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । सरकारले विदेशबाट आउने प्याडहरुमा १५ प्रतिशत आयात कर र १३ प्रतिशत मूल्य अभिवृद्धी कर लगाएपछि उक्त कदमको विरोध भएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा ३ करोड ३१ लाखभन्दा बढी प्याड नेपाल भित्रिएको तथ्यांक छ ।
तस्बिर : अभिषेक महर्जन
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८ २०:२९
प्रतिक्रिया दिनुहोस्