काठमाडौं । मेगा बैंक नेपालले साना कृषक तथा उद्यमीहरूको कृषि तथा उद्यम व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ । सम्झौता पत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिका मेयर कैलाश आलेले हस्ताक्षर गरे ।
नगरपालिकासँगको सम्झौतापश्चात बैंकले नगरपालिकाका किसानहरूलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्नेछ ।
साथै, बैंकले उक्त कृषकहरूलाई मेगा किसान कार्ड समेत उपलब्ध गराउनेछ । उक्त कार्डमार्फत कृषकहरूले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरू, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरू नजिकको पसलबाट खरिद गर्न सक्नेछन् ।
मेगा किसान कार्ड मेगा बैंकले कृषकहरूलाई जारी गरेको पहिलो आधुनिक बैंकिङ सेवा हो, जसले किसानहरूलाई कृषि कर्जाको सदुपयोग गर्दे बैंकिङ्ग कारोबार सहज र सरल तरिकाले गर्न सहयोग हुने बैंकको विश्वास छ ।