site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दैनिक ३० पर्यटक बस चल्नेमा अहिले ६/७ मा सीमित
Ghorahi CementGhorahi Cement

काठमाडौं । पर्यटक बस सञ्चालकहरूले रुट विस्तार गरेका छन् । काठमाडौं–पोखरा–काठमाडौं, काठमाडौं–सौराहा–काठमाडौं, काठमाडौं–जनकपुर–काठमाडौं, सौराहा–पोखरा–सौराहा, काठमाडौं–लुम्बिनी–काठमाडौंपछि काठमाडौं–वीरगन्ज–काठमाडौं पनि विस्तार गरेको व्यवसायीले बताएका छन् ।

पर्यटक बस व्यवसायी संघका अध्यक्ष ईश्वर शर्माले आन्तरिक पर्यटक गन्तव्य भएका ठाउँहरूमा पर्यटक बस सेवा विस्तार गरिने बताए । कोभिड–१९ को प्रभाव कम हुँदै गएपछि केही समयअगाडि काठमाडौं–वीरगन्ज–काठमाडौं पनि रुट विस्तार गरेको उनले बताए ।

उनका अनुसार व्यवसायीहरूले काठमाडौं वा पोखराबाट बर्दियामा पर्यटक बस सेवा विस्तार गर्ने तयारी गरेका छन् । यसैगरी, काठमाडौं–मेघौली–काठमाडौं र पोखरा–मेखौली–पोखरा रुट पनि सञ्चालनको तयारी भइरहेको उनले बताए ।

Agni Group

“सरकारले १० दिन पर्यटन काज बिदाको अवधारणा ल्याएको छ । अहिले विदेशी पर्यटकको आउने सम्भावना छैन । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र हामी पनि बाँच्ने उद्देश्यले रुट विस्तार गर्न खोजेका हौँ,” उनले भने । उनले भारतीय पर्यटकलाई लक्षित गरेर पनि पर्यटक बस सञ्चालन गर्न नेपाल पर्यटन बोर्डले समेत सुझाव दिएको बताए ।

सीमानाकाबाट पर्यटक बस सञ्चालन भए भारतीय पर्यटक धेरै भित्रिन्छन् : बोर्ड
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी भारततर्फको सीमा क्षेत्रसम्म पर्यटक बस सञ्चालन भए भारतीय पर्यटक नेपाल आउने संख्या बढ्ने बताउँछन् । “भारतसँग सीमा जोडिएका महत्त्वपूर्ण नाकासम्म पर्यटक बस सञ्चालन छ भन्ने सन्देश दिन सकिए नेपाल भ्रमण गर्ने भारतीय पर्यटकको संख्या बढ्छ । त्यसैले नाका खुला हुनेबित्तिकै सेवा दिने तयारी गर्न व्यवसायीलाई सुझाव दिएका छौँ,” उनले भने ।

Global Ime bank

दैनिक ३० पर्यटक बस चल्नेमा ६/७ मा सीमित
कोभिड–१९ अघि दैनिक करिब ३० वटा पर्यटक बस सञ्चालनमा थिए । तर, कोडिभपछि अहिले दैनिक ६÷७ वटामा सीमित भएको शर्माले बताए ।

“पहिलो लकडाउनका कारण सात महिना पूर्ण रूपमा बन्द भयो । दोस्रो लकडाउनमा पनि गाडी चलेनन् । साउन ७ गतेदेखि फेरि सञ्चालन गरेका छौँ । तर, यात्रु नहुँदा थोरै संख्यामा मात्रै बस चलेका छन्,” उनले भने ।

व्यवसायीका अनुसार अहिले काठमाडौं–पोखरा दैनिक तीनवटा र काठमाडौं–सौराहा ३/४ वटा सञ्चालनमा छन् । त्यो पनि पूर्ण अकुपेन्सी नभएको शर्माले बताए ।

“हामी अहिले पनि ‘कोमा’बाट बाहिर आउन सकेका छैनौँ । अहिले पनि ८/१० वटा कम्पनीका गाडी ग्यारेजमै छन् । सरकारले ग्यारेजमा बसेका गाडीको नवीकरण शुल्क छुट मात्रै दिए पनि राहत हुन्थ्यो,” शर्माले बाह्रखरीसँग भने ।

नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरेर केही ‘लक्जरी’ पर्यटक बस ल्याएको र केही गाडी कोभिडका कारण भारतबाटै ल्याउन नसकिएको उनले बताए । पर्यटक बस सञ्चालन गर्दै आएका ३७ वटा कम्पनीका करिब १०० वटा बस रहेका व्यवसायीले बताएका छन् । पर्यटक बसमा करिब एक अर्ब रुपैयाँको लगानी रहेको व्यवसायीको अनुमान छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC