site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank

बाढी पहिरोले यस वर्ष देशको धेरै भागमा क्षति भएको छ । प्रत्यक्ष पीडितबाहेक किसानहरूलाई बढी मर्का परेको छ ।  सरकारले भने घरबार परेका र मृत्यु भएका परिवारलाई नाममात्रको सहयोग गरेको छ । 

एकातिर बाढी पहिरोका कारण भत्केका सडकको मर्मत हुन सकेको छैन भने अर्कातिर स्याउ टिप्ने याम सुरु भएको छ । स्याउ खेती हुने पहाडी जिल्लामा भण्डारणको पर्याप्त सुविधा छैन । 

दसैंपछि मात्र सडक मर्मत हुने सम्बन्धित कर्मचारीले बताएका छन् । स्याउ दसैंभन्दा पहिले नै बजारमा पुर्‍याउनुपर्छ । के गर्ने रु किसानहरू बिलखबन्द छन् । राज्यको सहयोगी भूमिका यस्तै अवस्थामा न आवश्यक हुने हो ।
 
देशमा स्याउ विदेशबाट आयात गरेर आपूर्ति गर्ने र आफ्ना किसानले फलाएको स्याउ बोटमै कुहिने अवस्था उत्पन्न हुन दिनु पक्कै पनि उचित होइन । यसैले सरकारले यतिबेला स्याउ बजारमा लैजान सरकारले किसानलाई सघाउनुपर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मनाङमा स्याउ बोटमै कुहिने चिन्ता किसानले व्यक्त गरेका छन् । मुस्ताङ, जुम्लालगायत हिमाली जिल्लाको अवस्था पनि फरक नहोला । अहिले सरकारले स्याउ किसानलाई गर्नसक्ने र गर्नुपर्ने सहयोग बजारसम्म ढुवानी गराइदिने नै हो । 

उदाहरणका लागि सडक सम्पर्क टुटेका दुई विन्दुबीच सरकारले हेलीकप्टरबाट स्याउ ढुवानी गरिदिने हो भने बजारमा पुर्‍याउने बाँकी काम किसानले गर्नेछन् ।  । यसका लागि स्थानीय तहका पालिकाहरूसँग पर्याप्त रकम नभए प्रदेश सरकारसँग समन्वय गर्नसकिन्छ ।

Global Ime bank

यसरी अप्ठेरो परेका बेला सरकारले सहयोग गर्न थाल्यो भने राज्यप्रति नागरिकको विश्वास बढ्नसक्छ । सम्भवतः देशको उन्नतिका लागि सबैभन्दा महत्त्वपूर्ण स्रोत जनविश्वास नै हो । 

बेलैमा स्याउ बजारमा पुर्र्याउन सके थोरै मात्रामा भए पनि आयात प्रतिस्थापन हुनेछ । किसानले परिश्रमको फल पाउनेछन् । हवाई कम्पनीले पनि केही दिन भए पनि काम पाउनेछन् । अर्थात्, सबैतिरबाट अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ ।

गण्डकी प्रदेश सरकारले स्याउ किसानलाई गर्ने सहयोग देशकै लागि किसानलाई सहयोग गर्ने पद्धति विकासमा मार्गदर्शन हुनेछ । यथार्थमा देशमा उत्पादन बढाएर कृषि उपजमा आत्मनिर्भर हुने हो भने किसानलाई उत्पादन खेर नजाने सुनिश्चित गरिदिनुपर्छ ।

अहिले कृषि विकासका नाममा दिइने अधिकांश अनुदान त ‘न गाईको थुन न बाच्छाको मुख’ भनेजस्तो भएको छ । सङ्कटमा सहयोग नगर्ने हो भने राज्यको औचित्य किसानका लागि शून्य बराबर हुनेछ ।       

 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय