site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘छाउपडी’ शब्द समावेश गीत सार्वजनिक हुनु अगाडि नै विवादमा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गायिका सोफिया थापाको गीत रिलिज हुनु अगाडि नै विवादमा तानिएको छ । पश्चिम नेपालमा रहेको छाउपडी प्रथाको विषयलाई केन्द्रमा राखेर लेखिएको गीत रेकर्ड गराउनेबित्तिकै विवादमा तानिएको हो ।

सोफियाले महिनावारीका विषयमा तयार गरिएको गीत रेकर्ड गराएको भन्दै गीतकारले उक्त गीतको शब्द सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि विवाद सुरु भएको हो ।

गीतले पश्चिम तथा सुदूरपश्चिम क्षेत्रमा रहेको छाउपडी प्रथा हटाउनुपर्छ भन्ने आवाज उठाएको छ । विकसित समाजले महिनावारीलाई सामान्य रूपमा लिएर अगाडि बढेको तर नेपालका कतिपय भागमा अझै पनि यसलाई ‘पाप’का रूपमा लिने गरिएको भन्दै गीतले अन्धविश्वास र कुरीतिबाट बाहिर आउन सन्देश दिएको छ ।
 
रमेश दहालले लेखेको गीतमा स्वर तथा संगीत सोफी थापाको छ ।  लेखिका तथा अभियन्ता राधा पौडेलले यो गीतले भनेजस्तो समानुभूति वा वैज्ञानिक वा मर्यादामुखी नभएको बताएकी छन् । छाउपडी नेपालकै कलंकको रूपमा रहेको तर गीतले सुदूरपश्चिममा मात्रै छाउपडी रहेको उल्लेख गरेको भन्दै पौडेलले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएकी छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“सबै खालको विभेदलाई समेटेर मानवअधिकारको हनन भयो, अमर्यादित भयो वा अवैज्ञानिक भयो भनेको भए स्वीकार गर्न योग्य थियो,” उनी लेख्छिन्, “काठमाडौं, पोखरा, इलाम, बारा, कपिलवस्तु, बेलायत, अमेरिका आदिमा भएका महिनावारी विभेदचाहिँ विभेद हैनन्, पश्चिम नेपालमा वा सुदूरपश्चिममा भएको विभेद मात्र विभेद भयो, अवैज्ञानिक भयो भन्ने तर्क आफैँमा अवैज्ञानिक छ ।”

पश्चिम नेपालप्रति काठमाडौंको हेराई पूर्वाग्रही रहेको उनको टिप्पणी छ । “आइमाई भन्न नपाइने, महिला भन्नुपर्ने विद्यमान अवस्थामा मैले काठमाडौं बसेर गरेको सबै राम्रा र वैज्ञानिक, मैले पश्चिम नेपालमा देखेको सबै नराम्रो र अवैज्ञानिक भन्ने तर्क आफैँमा नसुहाउँदो छ,” उनको असन्तुष्टि छ ।

Royal Enfield Island Ad

सामाजिक सञ्जालमा कतिले एनजीओको सहयोगमा गीत तयार पारिएको भन्ने टिप्पणी गरेका छन् भने कतिले परिवर्तनको आवाज भनेका छन् ।

तर, सोफिया भने समाजमा रहेको कू–संस्कारविरुद्ध आफूले बोल्ने प्रयास गरेको बताउँछिन् । “कानुन मान्नुपर्छ, तर छाउपडी हट्नुपर्छ भन्ने मेरो गीतको सन्देश हो । अभियन्ताहरूले छाउपडी भन्ने शब्द नै हटाउनुपर्छ, किनकि सुदूरपश्चिमको बदनाम हो भन्नुभएको छ,” सोफिया भन्छिन्, “शब्द हटाउँदैमा समस्या हट्दैन । सुधार भइरहेको छ, तर समस्या यथावत् छ । हाम्रो संविधानमा छाउपडी प्रथा नभएको भए प्रयोग गर्न पाइँदैन थियो र म गर्दिनँ पनि थिएँ । तर, संविधानमै लेखिएको शब्द मैले गाउन किन नपाउने ?”

अभियन्ताहरूले लगाएको नाराकै पछि लाग्नुपर्छ भन्ने पक्षमा आफू नरहेको उनी बताउँछिन् । “उहाँहरू मर्यादित महिनावारी भन्नुपर्छ भन्नुहुन्छ, त्यो पनि ठिक छ । तर, छाउपडी भन्ने शब्द उच्चारण गर्न नै नपाइने भन्ने उहाँहरूको कुरामा सहमत हुन म सक्दिनँ,” उनी भन्छिन्, “छाउगोठ भत्काइयो भनिए पनि त्यहाँ छाउपडी अझै पनि बारिरहेको अवस्था छ, यसलाई हटाउनुपर्छ भनेर गाउन किन नपाउने ?”

लाखौँ खर्च गरेर त्यसकै नाममा अभियान चलाइरहेको र एनजीओहरू यही क्षेत्रमा सक्रिय रहेको भन्दै सोफी शब्दमा अल्झिएर बस्नुभन्दा पीडितले भोगिरहेको समस्याको समाधान खोज्नुपर्नेमा जोड दिन्छिन् ।

आफूले वकिलहरूसँग पनि यसबारे छलफल गरेको र शब्द प्रयोगमा समस्या नरहेको भन्दै उनी थप्छिन्, “मानवअधिकारवादीहरूसँग पनि छलफल गरिसकेको छु । त्यसैले म पछि हट्दिनँ ।”

केही दिनपछि लिरिकल भिडियोसहित गीत सार्वजनिक गर्ने उनको भनाइ छ ।

यस्तो छ गीतको शब्द–
हुन्न धर्म छाउपडीको कुडी सुत्यार
कालौँ अब कुसंस्कार सबै किल्याएर

संसारले अनुहार फेन्र्या भो
जीवन हम्रा गोठमै मन्र्या भो
अरू हिन्न्या विज्ञान पढेर 
हामी बस्न्या पाटामै सडेर
कति बस्नु देवी–देउतासँग डरार
बाँचौँ अन्ध–विश्वासको जरो फालौँ

सुत्केरीमा कुपोषण लायो नि
धारा–पानी, कुवामा बार्‍यो नि 
छाउ–कुडीमा चिसोले ज्यान गो
बाघले खान्या, सर्पले टोक्न्या भो 

लाग्यो रोग दूध–दही खान बारेर 
छोडौँ अब कुसंस्कार कानुन मानेर
 

अघिल्लो वर्ष तिज गीत सार्वजनिक गर्दा पनि उनको गीत विवादमा तानिएको थियो । हिन्दु धर्मसँग सम्बन्धित केही संस्थाले विरोध गरेपछि हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानलबाट उक्त गीत हटाएको थियो । अहिले भने सो गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro