site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार गठन गरेको केही दिनमै तालिबान नेताहरूबीच झगडा !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काडमाडौँ । सरकार गठन गरेको केही दिनमै तालिबान नेताहरूबीच विवाद उत्पन्न भएको छ ।

नयाँ सरकारको संरचना र जितको श्रेय लिने विषयमा नेताहरूबीच विवाद भएको हो । काबुलस्थित राष्ट्रपति कार्यलयमा तालिबानका सह–संस्थापक एवं उपप्रधानमन्त्री मुल्लाह बरादर र हक्कानी नेटवर्कका प्रभावशाली नेता एवं शरणार्थी मामिला सम्बन्धी हेर्ने मन्त्री खालिल उर रहमानबीच चर्काचर्की भएको तालिबान अधिकारीले पुष्टि गरेको बीबीसीले जनाएको छ । उनीहरूबीच भनाभन भएपछि एकअर्काका समर्थकहरूले पनि झगडा गरेका थिए ।

तालिबानका सह–संस्थापक एवं अन्तरिम सरकारका उप प्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरादर सार्वजनिक रूपमा देखा पर्न छाडेपछि तालिबानभित्रको विवाद सतहमा आएको हो । तालिबान स्रोतकाअनुसार नयाँ सरकारको संरचनाबारे उप–प्रधानमन्त्री बरादर खुसी छैनन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तालिबानले भने आधिकारिक रूपमा नेताहरूबीच विवाद भएको अस्वीकार गरेको छ । तालिबान आफूहरू एकतावद्ध रहेको देखाउन चाहन्छ ।

अगस्ट १५ मा अफगानिस्तानको सत्ता कब्जा गरेपनि तालिबानले देशलाई इस्लामिक इमिरेट घोषणा गरिसकेको छ ।

Royal Enfield Island Ad

जितको श्रेय कस्लाई ?

तालिबानभित्रको दुई समूहबीच जितको श्रेय कसले लिने भन्ने विषयमा पनि गम्भीर मतभेद भएको थियो ।

उप–प्रधानमन्त्री बरादरले जित हासिल गर्नुमा आफूहरूको कुटनीति र रणनीति रहेकोमा जोड दिएका थिए । बरादर तिनै व्यक्ति हुन् जसले तालिबानका तर्फबाट पहिलोपटक २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेका थिए । अमेरिकासँग दोहा सम्झौतामा तालिबानको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति पनि बरादर नै हुन् । सोही सम्झौताअनुसार नै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको हो ।

उता, हक्कानी नेटवर्कका नेताले भने युद्धबाट जित हासिल गरेको दाबी गरेका थिए । पछिल्लो दुई दशकमा हक्कानी नेटर्वका लडाकुहरूले अफगान सैनिक र उसलाई सहयोग गरिरहेको अमेरिकी नेतृत्वको पश्चिमा सैनिकहरूमाथि घातक आक्रमण गर्दै आएको थियो । अमेरिकी सेना फिर्ता हुनुपूर्व नै तालिबानले अफगानिस्तान कब्जा गर्नुमा युद्धको प्रमुख भूमिका रहेको यो समूहको दाबी छ ।

हक्कानी नेटवर्कलाई अमेरिकाले आतंकवादी समूहमा राखेको छ । हक्कानी नेटवर्कका नेता सिराजुद्दीन हक्कानी अन्तरिम सरकारका गृहमन्त्री हुन् । उनलाई संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ ।

कहाँ छन् बरादर ?

उप–प्रधानमन्त्री बरादर धेरै दिनदेखि सार्वजनिक रूपमा देखा परेका छैनन् । उनी सार्वजनिक रूपमा देखा नपरेपछि हक्कानी समूहसँगको झडपमा उनको मृत्यु भइसक्यो भन्ने सम्मका हल्ला सामाजिक सञ्जालमा चले ।

तर, सोमबार बरादरले एउटा श्रव्य सन्देश जारी गर्दै जहाँ भएपनि आफू सुरक्षित भएको बताएका छन् । तालिबानको वेवसाइटमा राखिएको उक्त श्रव्य सामग्रीलाई बीबीसीले प्रमाणित गर्न नसकेको बताएको छ ।

तालिबानका एक प्रवक्ताले उनी सर्वोच्च नेतालाई भेट्न कान्दाहार गएको बताएका थिए । तर, पछि बीबीसी पाश्तोसँगकुरा गर्दै उनी थकित रहेको र आराम गर्न चाहेको बताएका थिए । तालिबानको दुईथरी कुराले बरादरको अवस्थाको बारेमा झनै आशंका बढाएको छ ।

अझै देखिएनन् सर्वोच्च नेता

तालिबानले सत्ता कब्जा गरेको एक महिना पुगिसकेको छ । तर, तालिबानका सर्वोच्च नेता हिबातुल्लाह अखुन्दजादा अहिलेसम्म सार्वजनिक भएका छैनन् । तालिबानले सर्वोच्च नेता छिट्टै सार्वजनिक हुने बताउँदै आएपनि अहिले सम्म सार्वजनिक नहुँदा उनी जीवित छन् या छैनन् भन्ने सम्मका विभिन्न आशंकाहरू उत्पन्न भएका छन् ।

तालिबानले तत्कालिन सर्वोच्च नेता मुल्लाह ओमारको २०१३ मा मृत्यु भइसकेपछि पनि २०१५ सम्म उनकै नामबाट कामकारबाही गर्दै आएको थियो । तालिबानको यो इतिहासले पनि उसको अभिव्यक्तिमा आशंका गर्न बल पुर्‍याएको छ ।

बीबीसीबाट  ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro