देश
काठमाडौं । पर्सामा प्रतिबन्धित भारतीय रूपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–४ बस्ने २५ वर्षीय अजयकुमार शर्मा छन् ।
वीरगन्ज महानगरपालिका–१६, रजतजयन्ती चोकबाट प्रतिबन्धित ५०० दरका २९६ थान र १०० दरका पाँचथान गरी एक लाख ४८ हजार ५०० भारतीय रुपैयाँसहित उनलाई पक्राउ गरिएको हो ।
भारतबाट वीरगन्जतर्फ आउँदै गरेको ना१५प २३७२ नम्बरको मोटरसाइकललाई प्रहरीचौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्माको झोलामा उक्त भारतीय रूपैयाँ फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८ १३:०४
प्रतिक्रिया दिनुहोस्