site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्दीप घाइते भएको खेलमा नेपाल पाँच विकेटले पराजित
Siddhartha BankSiddhartha Bank

मस्कट, ओमान । पहिलो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएर खराब सुरुआत गरेको नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको छ । 

मंगलबार ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । तर कप्तानको निर्णयलाई नेपाली ब्याट्सम्यानले न्याय गर्न सकेनन् । ओपनर आरिफ शेखले ९० रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न नसक्दा नेपालले ४७.४ ओभरमा १९६ रन बनाउँदा सबै विकेट गुमायो । 

ओपनर जतेन्दर सिंहले आक्रमक शतक बनाएपछि १९७ रनको लक्ष्य ओमानले ३१.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । जितसँगै शीर्ष स्थानमा रहेको ओमानले ११ खेलबाट १८ अङ्क बनाएको छ । नेपालले ६ खेलबाट ६ अङ्क जोडेको छ । नेपालमै सम्पन्न खेलमा पनि नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अघिल्लो खेलमा ८४ रन बनाएका कुशल शुन्य रनमा पवेलियन फर्किएका थिए । त्यसपछि आसिफ र कप्तान ज्ञानेन्द्रले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरे । तर स्कोरबोर्डमा ५८ रन बन्दा ज्ञानेन्द्र मोहम्मद नादीमको बलमा नेस्टर धम्बाको हातबाट पोइन्टमा क्याच भए । ज्ञानेन्द्रले २१ रन जोडे । त्यसपछि रोहितकुमार पौडेलको साथमा आरिफले नेपालको स्कोर १०० पुर्‍याए ।

नेपालले १०० रन बनाउँदा रोहितकुमार २० रन बनाएर पवेलियन फर्किए । त्यसपछि ब्याटिङमा आएका विनोद भण्डारी, सोमपाल कामी, कुशल मल्ल, बिक्रम सोबले लामो इनिङ्स खेल्न सकेनन् । 

Global Ime bank

विनोद ६, सोमपाल ७, कुशल मल्ल, ४ र बिक्रम दुई रन बनाएर पवेलियन फर्किए । त्यहीबेला आसिफ पनि ९० रन बनाएर आउट भए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफले बनाएको ९० रन नेपालका ब्याट्सम्यानले बनाएको दोस्रो ठुलो स्कोर हो । आसिफले भन्दा धेरै पूर्व कप्तान पारस खड्काले ११५ रन बनाएका छन् । 

करण केसीले २१ र सन्दीप लामिछानेले १६ रन बनाएपछि नेपाल सम्मानजनक स्कोर बनाउन सफल भएको थियो । 

ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेको नेपाललाई बलिङ गर्दा अर्को झट्का लाग्यो । नेपालका लेग स्पिनर सन्दीप लामिछानेको फिल्डिङ गर्ने क्रममा पेटमा चोट लाग्यो । प्राथमिक उपचारपछि उनी ठीक भएका थिए । डक्टरका अनुसार उनमा 'एबडोमिनल पेन' भएको हो । "औषधि खाएपछि ठिक छ । धेरै चिन्ता गर्नुपर्ने केही छैन," प्राथमिक उपचारमा संलग्न डक्टरले भने ।

सन्दीपले पहिलो खेलमा दुई विकेट लिएका थिए । उनले शृंखला सुरु हुनुअघि पीएनजीविरुद्ध पहिलो खेलमा ४ र दोस्रो खेलमा ६ विकेट लिएका थिए । तर, उनी घाइते हुनुको पीडा नेपाली टोलीमा खड्कियो । 

सन्दीप नुहँदा स्पिनरको कमान्ड सुशन भारीको काँधमा पर्‍यो । तर, सुशनले अपेक्षाकृत जादु देखाउन सकेनन् । सुशनले १० ओभरमा ४० रन दिएर एक विकेट लिए । ओमानका ओपनर जतेन्दरले नेपालका बलरलाई दबाबमा राखे । उनले १०७ रन बनाउनेक्रममा ६२ बलमा १२ चौका र ६ छक्का प्रहार गरे । जतेन्दरबाहेक शोएब खानले ७, आएन खानले १८, जीशन मक्सुदले ४,  र सुरज कुमारले २० रन बनाए ।  सन्दीप गौड शुन्य र माहेम्मद नादीम ३८ रनमा अविजित रहे। 

नेपालका लागि सुशनबाहेक कुशल मल्ल र करण केसीले समान २ विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  २२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement