site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'अफगानिस्तानमा अमेरिकाले गरेको ड्रोन आक्रमणको हेगले छानबिन गर्नुपर्छ'

काठमाडौँ । चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले अफगानिस्तानमा 'निर्दोष मानिसहरू मार्ने' अमेरिकी सेनामाथि हेगले अनुसन्धान गर्नैपर्ने माग गरेको छ ।

अगस्ट २९ मा अमेरिकी सेनाले एउटा ड्रोन आक्रमण गरेको थियो । सो आक्रमणमा दुई जना आतंकवादी मारिएको दाबी गरेको थियो । यद्यपि, हालैका दिनहरूमा अमेरिकी मिडियाले सो आक्रमणमा मारिने आतंकवादी नभई १० जना निर्दोष नागरिक रहेका बताएका छन् ।

पेन्टागनले इस्लामिक स्टेटको योजनालाई विफल बनाइदिएको बताएको थियो । तर, पेन्टागनको दाबीलाई ग्लोबल टाइम्सले “एउटा शुद्ध झुट” भनको छ ।

गैर सैनिक क्षेत्रमा हवाइ हमला गरेर युद्ध क्षेत्रमा मात्र हवाइ हमला गर्ने किटान गरिएको दोहा सम्झौताको उल्लङ्घन गरेको र यो झण्डै युद्ध अपराध नै भएको भएको ग्लोबल टाइम्सको भनाइ छ ।

“अहिले त्यो सत्य बाहिर आएको छ”, ग्लोबल टाइम्स लेख्छ, “यो अपराधको अनुसन्धान गर्न इन्टरनेसनल क्रिमिनल कोर्ट आइसीसीलाई हामी दृढता पूर्वक माग गर्दछौँ ।”

“के अमेरिकी सेना र सरकारको तर्फबाट कुनै सत्यता छ ? विश्वभरीका मानिससँग यो प्रश्न उठाउने अधिकार छ,” ग्लोबल टाइम्सको निष्कर्ष छ, “यो मुद्दा यत्तिकै छोड्नु हुँदैन । हेगले कारबाही गर्नुपर्छ । राष्ट्रसंघले स्पष्टीकरण दिनुपर्छ । अन्तर्राष्ट्रिय रायले न्यायको माग गर्नुपर्छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro