site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
सम्पादकीय
Global Ime bankGlobal Ime bank
SkywellSkywell

बजार र मनोरञ्जनस्थल खोलिसकेपछि पनि तीर्थस्थल बन्द राख्नुको कुनै तुक देखिँदैन । यसो त कोभिड-१९ को सङ्क्रमण नियन्त्रणका लागि नेपाल सरकारले गत वर्ष अपनाएको कडा बन्दाबन्दी (लकडाउन) कै पनि लाभ र लागतका आधारमा औचित्य पुष्टि हुँदैन ।
 
सरकार सुरुमा बढी आत्तिएको हुनाले पूर्ण बन्दाबन्दीमा गएको हुनसक्छ । तर, बन्दाबन्दीले जनजीवनमा पार्नसक्ने असरका बारेमा सरकार खासै स‌वेदनशील भएन । साना नानी काखी च्यापेका मजदुर महिला संखुवासभाबाट पैदलै हिँडेर कैलाली पुग्नु परेको थियो । 

सरकारका पदाधिकारीको ध्यान भने महामारीमा पनि कमिसन र अनियमिततामा केन्द्रित भयो । ओम्नी सम्भवतः कोभिड(१९ का नाममा नेपालमा भए गरिएको भ्रष्टाचारको विलक्षण उदाहरण हो । कामना गरौँ, ओम्नी काण्ड अब नदोहोरियोस् ।

Dabur Nepal
NIC Asia

पछिल्ला दिनमा पनि सरकारको कोभिड सङ्क्रमण नियन्त्रणसम्बन्धी नीति जनस्वास्थ्य जोखिमका आधारमा तय भएको देखिँदैन । निषेधका नियम कागजमा मात्र कडा र खुकुलो बनाइएने तर अनुगमनका अभावमा कार्यान्वयनमा भने फरक नदेखिने अवस्था लामै समयदेखि चल्दै आएको छ ।   

बजार र सार्वजनिक यातायातमा सङ्क्रमणको जोखिम कम गर्न आवश्यक सावधानी अपनाइएको देखिँदैन । मन्दिरहरू भने सङ्क्रमण फैलने जोखिम देखाएर बन्द गरिएको छ । यस प्रकारको दोहोरो व्यवहारले सङ्क्रमण नियन्त्रण हुने त होइन तर धार्मिक पर्यटनमा आश्रितहरूको जीविकामा भने प्रतिकूल प्रभाव पर्छ । 

गण्डकी प्रदेशको अर्थतन्त्रमा पर्यटनको भूमिका उल्लेख्य रहेको छ । यसैले बन्दाबन्दीले पोखरालगायत त्यस प्रदेशका पर्यटकीय क्षेत्रका जनता पनि आर्थिक सङ्कटमा गरेका छन् । त्यस क्षेत्रको आर्थिक क्रियाकलाप बढाउने मुख्य उपाय पर्यटन गतिविधि पूर्णरूपमा खुला गर्नु नै हो ।

चाडपर्वहरू सुरु भएकाले आन्तरिक पर्यटककै लागि पनि तीर्थहरू आकर्षक गन्तव्य बन्न सक्छन् । तीर्थस्थलहरू खोल्दा सडक मर्मतमा पनि सरकारले विशेष ध्यान दिनुपर्छ । मुक्तिनाथ जाने सडकको अवस्थामा सुधारका लागि गण्डकी प्रदेश सरकारले अग्रसरता देखाउनु उपयुक्त हुनेछ । 

यसैले पोखराका विभिन्न मन्दिरहरूलगायत मुक्तिनाथजस्ता तीर्थहरू यथाशीघ्र खोल्न सरोकारवालाले माग गरेको हुनुपर्छ । सङ्क्रमणको जोखिमप्रति सावधानी अपनाएर तीर्थहरू खुलाउनु आवश्यक र उचित पनि देखिन्छ ।
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro