गुजरात । भारतको गुजरातमा नयाँ मुख्यमन्त्री चयन भएका छन् । भारतीय जनता पार्टीका भूपेन्द्र पटेल गुजरातको मुख्यमन्त्री भएका हुन् ।
यसअघि पनि गुजरातमा बीजेपीकै मुख्यमन्त्री थिए । कार्यकाल पूरा हुन एक वर्ष बाकी छँदै विजय रूपाणीले शनिबार अनपेक्षित रूपमा राजनीनामा दिएपछि पटेन नयाँ मुख्यमन्त्री बनेका हुन् ।
“गुजरातको विकासको यात्रा नयाँ नेतृत्वमा नयाँ उर्जा र जोशका साथ चल्नुपर्छ । यही विचारका साथ मैले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएको हुँ,” रूपाणीले भनेका थिए ।
मोदीपछि अस्थिर गुजरात
प्रधानमन्त्री हुनुअघि नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री थिए । उनी तीन कार्यकाल गुजरातको मुख्यमन्त्री भए । नरेन्द्र मोदीपछि आनंदीबेन पटेल जुगरातको पहिलो महिला मुख्यमन्त्री भएकी थिइन् । त्यसको दुई वर्षपछि ७५ वर्षे उमेर हदको कारण देखाउँदै १ अगस्ट २०१६ मा राजीनामा दिइन् । यद्यपि, पार्टीको आन्तरिक विद्रोह र कार्यकर्ताको आन्दोलनको परिणामस्वरूप उनले राजीनामा दिनु परेको विज्ञहरूको धारणा छ ।
त्यसपछिको मुख्यमन्त्रीको लागि नितिन पटेलको चर्चा भएपनि भाजपा अध्यक्ष अहित शाह र प्रधामन्त्री मोदीको छनोटमा विजय रूपाणी परे । यद्यपि, रूपाणी सरकार कति समय चल्छ भन्ने सधैँ संशय भइरह्यो ।
२०१७ को चुनावपछि पनि रूपाणीले निरन्तरता पाए, दुईपटक गरी पाँच वर्ष मुख्यमन्त्री भए ।
तर, रूपाणीले चुनाव हुनु एक वर्ष अघि नै राजीनामा दिए । रूपाणीको राजीनामाले अहमवाद र दिल्लीमा हलचल मच्चिएको भारतीय सञ्चार माध्यमले जनाएको छन् । बीबीसी हिन्दीबाट ।