site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
२१ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवाद किन मिलेन ?

काठमाडौं । कांग्रेसको महाधिवेशन अन्तरगत ४१ जिल्लाका स्थानीय तहका वडाको अधिवेशन सकिएर परिणाम सार्वजनिक भइरहेको छ । बाँकी ११ जिल्लामा आज वडा अधिवेशन भइरहेको छ । अन्य चार जिल्ला पनि वडा अधिवेशनकै गृहकार्यमा जुटिरहेका छन् । तर, २१ वटा जिल्लामा भने क्रियाशील सदस्यताको टुंगो लाग्नै सकेको छैन ।
 
क्रियाशील सदस्यतालाई विधिमा टेकेर अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गरेर अघि बढ्नेभन्दा विवाद बढाएर आ–आफ्नो पक्षमा पल्लाभारी बनाउने प्रयासमा केन्द्रदेखि गाउँसम्मका नेताहरु लाग्दा विवाद समान हैन जटिलता तर्फ उन्मुख हुँदैछ । विवाद समाधानका नाममा एकपछि अर्को समिति, समितिपछि कार्यदल बनाउँदै जाँदा विवाद समाधान अझ जटिल बनेको छ  । 
कांग्रेसको विधान अनुसार क्रियाशील सदस्यता विवाद सभापतिको नेतृत्वमा दुईजना महामन्त्री रहेको समितिबाट टुंग्याउनुपर्ने हो । तर, सभापतिदेखि महमन्त्रीसम्म दोष बोक्न तयार नहुँदा केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा ७ सदस्यीय केन्द्रीय सदस्यता छानविन समिति बनाए क्रियाशील विवाद समाधान गर्ने प्रयत्न भएको थियो । त्यो समितिले पनि विधिसम्मत काम नगर्दा क्रियाशील सदस्यता विवादको टुंगो लाग्न सकेन । त्यतिमात्र होइन टुंगो लगाएका विवादमा पनि निर्णय कार्यान्वयन नभई संस्थापनलाई लाभ पुग्नेगरी मनलाग्दी कार्यान्वयन गर्दा चार प्रतिशत समस्या बाँकी छन् भनेर बुझाएको प्रतिवेदनपछि १० प्रतिशतभन्दा धेरै समस्या भेटिन पुगे । 

केन्द्रीय सदस्यता छानविन समितिले असार मसान्तभित्रै प्रतिवेदन बुझाउन सकिने भन्दै आफैंले लिएको समय विपरित साउन १२मा प्रतिवेदन बुझाएको थियो । तर, सभापतिले त्यो प्रतिवेदनमाथिको छलफल साउन २८ मा मात्र राख्दा बाँकी रहेका विवाद समाधान गर्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा साउन ३० मा क्रियाशील सदस्यता विवाद समाधान समिति बन्यो । 

विवाद समाधान समितिले भदौ २ गते नै प्रतिवेदन बुझाउने कार्यतालिका भए पनि ढिलो गरी क्रियाशील सदस्यता विवाद समाधान गर्ने सैद्धान्ति निर्णय गरेर त्यसको कार्यान्वयनका लागि नयाँ कार्यदल सिफारिस गर्यो । क्रियाशील सदस्यता छानविनमा काम गरेकाहरुलाई निर्णय कार्यान्वयन गर्न सहज हुने भन्दै जिम्मा दिएको कार्यदलले अहिलेसम्म २१ जिल्लाको क्रियाशील सदस्यता टुंग्याउन सकेको छैन । क्रियाशील सदस्यता विवाद समाधान गर्न बनेको कार्यदलका सदस्यहरु स्थानीय तहदेखि केन्द्रीयस्तरका नेताहरुले सहयोग नगर्दा हैरान भएका छन् ।
  
“क्रियाशील सदस्यता मिलाउन कसैले पनि प्रयास नै गरेको छैन, बरु विवाद बल्झाउने र लम्ब्याउने प्रयास भइरहेको छ,” कार्यदका सदस्य आनन्दप्रसाद ढुंगानाले भने, “भएका विवाद पो मिलाउन सकिन्छ, नभएका विवाद त्यहाँ पनि छुटेको छ, यहाँ पनि छुटेको छ भन्दै नयाँ नयाँ विवाद ल्याउने र उल्झन खडा गर्ने काम भइरहेको छ ।”

अधिवेशनको सुनिश्चिताका  लागि र देशभर उत्साह ल्याउन  भन्दै शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच देशैभरका छ हजार ७४३ वडामा एकैदिन अधिवेशन गर्ने सहमति भएको थियो । त्यो सहमति पनि २१ जिलाका विवाद नमिलाएकै कारण कार्यान्वयन हुँन सकेन र १८ गते ४१ जिल्लामा वडाअधिवेशन सुरु भयो । ती अधिवेशनको परिणाम आइसक्दासमेत २१ जिल्लाको क्रियाशील विवाद समाधान हुन सकेको छैन । 

विवाद समाधान नहुनुमा समितिका सदस्यहरुले पक्षधरता त्याग्न सकेनन् सँगसँगै समितिका सदस्यहरुलाई काम गर्न दिइएन बरु दोष लगाउने र उम्कने प्रयास मात्र भयो ।
 
“हामी यो पार्टीमा दशकौं गुजारिसकेका व्यक्ति हौं, दोष लगाइछ भने त्यो दोष बोक्न र भोग्न पनि तयार छौं,” कार्यदल सदस्य ढुंगानाले भने, “तर के चिन्ता भयो भने आर्यघाट जाँदा पनि दाइ मेरो सदस्यता त छुटेकै हो भन्ने डर भयो ।” उनले अनपढ र विपक्षीले असहयोग गरेका स्थानमा सदस्यता छुट्यो भन्ने कुरा स्वीकार्न सकिने भए पनि सबैठाउँमा स्वीकार गर्न कठिन हुने बताए । 

“पढे लेखेको छ, पीएचडी गरेको छ, मेयर भएको छ, अध्यक्ष भएको छ, वर्षौसम्म कांग्रेसकै सभापति भएको छ, उसले पनि सदस्यता छुट्यो भन्छ,” ढुंगानाले भने, “त्यहाँ त तिम्रै सभापति थियो त हैन ? कसरी छुट्यो भन्यो, होइन दाइ छुटेकै हो भन्न छोडदैन ।” उनले नेताहरुले समस्या समाधान गर्ने र पार्टी महाधिवेशन गर्नेभन्दा क्रियाशील सदस्यता आफ्नो पक्षमा भारी बनउने कुरालाई प्राथमिकता दिएका कारण समस्या समाधान नभएको बताए । क्रियाशील सदस्यता कहिले र कसरी टुंगिन्छ भन्ने निश्चित नरहेको ढुंगानाको भनाइ छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro