site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
सिक्किमको यथार्थ बोकेको ‘जार’को फर्स्टलुक पोस्टर सार्वजनिक
SkywellSkywell

काठमाडौ । अभिनेताद्वय सौगात मल्ल र अनुपबिक्रम शाहीको अभिनय रहेको चलचित्र ‘जार’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । यथार्थपरक कथामा आधारिक रहेर निर्माण गरिएको भनिएको चलचित्रको सार्वजनिक पोस्टरमा लिड अभिनेत्री गिताञ्जली थापालाई केन्द्रमा राखिएको छ । सौगात र अनुपलाई क्यारेक्टर लुकमा देखाइएको छ । फिल्मको केन्द्रीय द्वन्द्व नै महिला पात्र हो ।

सम्पूर्ण छायांकन सिक्किममा गरिएको यो चलचित्रले सन् १८०० दशकको अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनालाई समेटेको छ । माथि उल्लेखित तीन पात्रको वरिपरि नै चलचित्रको कथा घुम्नेछ । गिताञ्जली भारतमा राष्ट्रिय अवार्ड विजेता अभिनेत्री हुन् । 

Dabur Nepal
NIC Asia

फुर्वा छिरिङ लामाको निर्देशन रहेको यो फिल्मको छायांकन गत अप्रिलमा सम्पन्न भएको थियो । ‘जार’को कथा इन्द्रबहादुर राईले लेखेका हुन् ।  

फिल्मको छायांकनदेखि सम्पादनसम्मको सम्पूर्ण प्राविधिक काममा भारतीय टिम संलग्न छ । बाँकीमा सबै नेपाली आर्टिस्टहरू छन् । केही समयपछि टिजर रिलिज गरेर फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्ने निर्माण टिमले बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro