काठमाडौं । अजाज पटेलको उत्कृष्ट बलिङप्रेरित न्युजिल्यान्डले आज तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशलाई ५२ रनले पराजित गरेको छ ।
ढाकाको मिरपुरस्थित शेरे बंगला नेशनल रंगशालामा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १२८ रन बनायो । १२९ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.४ ओभरमा ७६ रन बनाउँदा सबै विकेट गुमायो ।
न्युजिल्यान्डको जितसँगै पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–१ स्थितिमा छ । पहिलो दुई खेल बंगलादेशले जितेको थियो ।
न्युजिल्यान्डका हेनरी निकोलस र टम ब्लुनडेलले छैटौँ विकेटका लागि ६६ रनको अविजित साझेदारी गरे । ६२ रन बनाउँदा न्युजिल्यान्डले पाँच विकेट गुमाइसकेको थियो । तर, निकोलस र ब्लुनडेलले भ्रमणकारी टोलीका इनिङ उकासे । त्यसअघि ओपनर रचिन रविन्द्रले र विल योङले समान २० रन बनाउँदा फिन एलेनले १५ रन बनाए ।
बंगलादेशका मोहम्मद सैफुद्धिनले दुई विकेट लिए । महेदी हसन, मुस्तफिजुर रहिम र महमुदुल्लाहले समान एक रन लिए ।
१२९ रनको लक्ष्य पछ्याएको बंगलादेशका मुशफिकर रहिमले सबभन्दा धेरै २० रन बनाए । लिटोन दासले १५ र मोहम्मद नाइमले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
न्युजिल्यान्डका अजाजले चार ओभरमा १६ रन दिएर चार विकेट लिए । कोल म्याककोन्चीले चार ओभरमा १५ रन दिएर तीन विकेट लिए । रचिन विन्द्रा, कोलिन डी ग्राण्डहोमले र स्कट कुगेलेइजन समान एक विकेट लिए ।