site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिल्ली क्यापिटल्सको कप्तानमा भारतीय अलराउन्डर अक्षर पटेल

काठमाडौं । भारतीय टिमका अलराउन्डर अक्षर पटेलले इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ मा दिल्ली क्यापिटल्सको कप्तानी सम्हाल्ने भएका छन् । दिल्लीले शुक्रबार प्रतियोगितअघि टिमको कप्तानी जिम्मेवारी पटेललाई सुम्पिएको जनाएको हो ।

सन् २०१९ मा दिल्लीमा अनुबन्धित भएका ३१ वर्षीय पटेलले हालसम्म ८३ खेल खेलिसकेका छन् । यस क्रममा उनले ९६७ रन प्रहार गर्दा र ६२ विकेट लिएका छन् । 

यसअघि, दिल्लीको कप्तानी जिम्मेवारी ऋषव पन्त थिए । तर, यस सिजनका निम्ति भएको अक्सनमा लखनउ सुपर जायन्ट्समा अनुबन्धित भएपछि उनको स्थानमा पटेल आएका हुन् । पटेलले गत जनवरीमा ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय टिमको उपकप्तान जिम्मेवारीसमेत पाएका थिए । 

“दिल्ली क्यापिटल्सको कप्तानी सम्हाल्न पाउनु ठूलो सम्मानको कुरा हो । ममाथि विश्वास राख्नुभएकोमा म टिमका मालिक र अन्य सहयोगी सहकर्मीहरूप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु,” कप्तानमा नियुक्त भएपछि पटेलले भने । 

दिल्लीले मार्च २४ मा लखनउविरुद्ध खेल्दै आईपीएल २०२५ को सुरुआत गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro