site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा दयाहाङ राई
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल–युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेस्डरमा अभिनेता दयाहाङ राई नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो । 

“लोकप्रिय कलाकार/अभिनेता दयाहाङ राई नेपाल–ईयू चलचित्र महोत्सव (नियुफ्) का लागि (ब्रान्ड) एम्बेस्डर अथवा दूत हुनु भएको सूचित गर्न पाउदाँ हामी गर्वित छौँ । उहाँले चलचित्र महोत्वस अवधिभर नै हाम्रा विभिन्न संस्कृतिहरूबीचको (सजीव) सम्वाद तथा विश्वका लागि हाम्रो परिकल्पनाहरूलाई पूर्ण रूपमा साकार तुल्याउनका लागि हामीसँग मिलेर काम गर्नु हुनेछ,” नेपालस्थित डेलिगेनले लेखेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यो फेस्टिबलमा पर्यावरणीय चुनौती तथा जलवायु परिवर्तनसँग सम्बन्धित दुई देशका चलचित्रहरू प्रदर्शन गरिने छन् ।
 
यसैगरी डेलिगेसनले युरोपियन युनियनको साइटमा लग इन गरेर निःशुल्क युरोप र नेपालको सांस्कृतिक मिलनलाई समेट्ने चलचित्रहरू हेर्न सकिन्छ । अभिनेता दयाहाङ राईले पनि फेस्टिभलसँग जोडिन पाउँदा खुसी भएको बताउछन् । महामारीका कारण फिल्मका सार्थक गतिविधि ठप्प भएको समयमा भर्चुअल रूपमै भए पनि हुने फेस्टिभलले फिल्मकर्मीमा ऊर्जा सञ्चार गर्ने दयाहाङको तर्क छ ।
 
“महामारीले फिल्मका गतिविधि ठप्प भएको समयमा फिल्म फेस्टिभल हुनु नै सकारात्मक कुरा हो । अझ फेस्टिभलमा नेपाली फिल्म पनि समावेश हुने रहेछन् । यसले झनै उत्साहित तुल्याएको छ,” उनले भने, “यो फेस्टिभल आफैँमा सांस्कृतिक आदान प्रदान जस्तो हो । यसले हाम्रो फिल्म साक्षरताका लागि पनि महत्वपूर्ण योगदान गर्छ ।”

नेपाल युरोपियन फिल्म फेस्टिभलको यो दसौँ संस्करण यही असोज १ देखि ९ गतेसम्म भर्चुअल रूपमा सञ्चालन हुनेछ । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  २०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro