site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फोहोर उठाउन आनाकानी, झारपात उखेलेर जस लिने होडबाजी
Sarbottam CementSarbottam Cement

काठमाडौं । करिब एक महिनादेखि फोहोर उठ्न नसक्दा काठमाडौं उपत्यका दुर्गन्धित बनेको छ । फोेहोरको डंगुरकैबीच सोमबार महानगरका नगर प्रहरी र कर्मचारीहरू सडकमा उम्रिएका झार उखेल्न व्यस्त देखिए । महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली पनि झार उखेल्ने अभियानमा सामेल थिए । 

नगरप्रहरी प्रमुख धनपति सापकोटाकाअनुसार २९ औँ नगरप्रहरी दिवसको अवसरमा झार उखेलेर नगरपरिसर सफा गर्ने अभियानको आयोजना गरिएको हो ।  नयाँ बनेश्वर, विजुली बजार, माइतीघरलगायतका स्थानमा आज एकैखाले पोशाक लगाएर काठमाडौँ महानगरको नगर प्रहरीको हुल भारपात उखेल्ने अभियानमा जुटेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

तीनकुनेदेखि माइतीघर मण्डलासम्मको सडकको बीच आइल्यान्डको झार उखेल्दै, बोट–विरुवा काँटछाट गर्दै अनि बेलाबेला नगर प्रहरीलाई निर्देशन दिदैँ प्रशासकीय अधिकृत ज्ञवालीले करिब २ दुईघण्टा अभियान चलाए । 

अभियानकै सिलसिलामा ज्ञवालीले महानगर प्रहरी दिवसको अवसर पारेर हरियाली प्रवर्द्धनका लागि सरसफाइ अभियान सञ्चालन गरी वातावरण सुधारका सन्देश दिने प्रयास गरेको बताए । 

Global Ime bank

महानगरका प्रशासकीय अधिकृतले ‘वातावरण सुधारका सन्देश दिन खोजेको’ बताइरहँदा एक महिनादेखि फाहोर उठ्न नसक्दा उपत्यकाको वातावरण दुर्गन्धित बनिरहेको छ । अर्कोतर्फ जनस्वास्थ्य विज्ञहरूले लामो समयसम्म फोहोर नउठ्दा महामारी निम्तिनसक्ने चेतावनी दिइरहेका छन् । 

‘‘काठमाडौँ महानगरपालिकाले लडकडाउनका समयमा सहर बढार्ने, फोहोर संकलन तथा अन्तिम व्यवस्थापन गर्ने, झार उखेल्ने जस्ता नियमित सरसफाइका काम गर्दै आएको थियो,’ ज्ञवालीले भने, ‘‘आज नगर प्रहरी दिवसको अवसर पारेर काठमाडौँको यो मुख्य सडकमा सहरी सौन्दर्यीकरण र हरियाली बढाएर वातावरणीय सुधार गर्ने प्रयास स्वरूप सरसफाइ गरेका हौँ ।” 

प्रशासकीय अधिकृतको महानगर सफा राख्ने प्रयासलाई एक महिनादेखि उपत्यकाका चोक गल्लीगल्लीमा थुपारिएका फोहोरले गिजोलिरहेको छ । 

गत वर्षदेखि माइतीघर मण्डलादेखि तीनकुनेसम्मका सडकका बीचका आइल्याण्डमा बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसम अनुसारका फूलका बोट र विरुवाहरू लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह र रेखदेख गर्ने कार्य महानगरपालिकाले नै गर्दै आएको ज्ञवालीको भनाइ छ ।  तर उक्त क्षेत्रमा भने सुकेका फुल बोटविरुवा भेटिन्छन् । 

नगर प्रहरी प्रमुख सापकोटाले पनि महानगर दिवसको अवसर पारेर माइतीघर मण्डलादेखि तीनकुनेसम्म १६० जना नगर प्रहरी परिचालन गरेर सरसफाइ अभियान सञ्चालन गरेको बताउँछन् । 

‘‘यसअघि पनि हरियाली प्रवर्द्धनका लागि महानगरले आइल्यान्ड मर्मतसम्भार तथा व्यवस्थापनको काम गर्दै आएको थियो,” उनले भने,  ‘‘आज २९ औँ नगर प्रहरी दिवसको अवसर पारेर हामीले यो इलाकामा सरसफाइ अभियान चलाएका हौँ ।”

सडक किनारामा उम्रेका झार उखेल्दै गर्दा देखिएका फोहोरका थुप्रोमा आँखासमेत नलगाई नगरप्रहरी र महानगरका प्रमुख प्रशासकीय अधिकृतले महानगर सरसफाइ अभियान सम्पन्न गरे । 

यस विषयमा नगरप्रहरी प्रमुख सापकोटा भन्छन, ‘‘फोहोर उठाउने कर्मचारी हामी होइनौँ । बुझ्नेले बुझ्छ । मैले आफ्नो नगरप्रहरीको बार्षिक उत्सवलाई सहरको सेवामा समर्पित गरे । यसमा कसैलाई अन्यथा लाग्छ भने लागिरहन दिनुहोस् तर मैले वार्षिकोत्सवलाई सहरको सेवामा समर्पित गर्नु नराम्रो कुरा हो भने नराम्रै होला । फोहोर उठाउने कुरा नगरप्रहरीको मात्रै मुद्दाको विषय होइन । फोहोर व्यवस्थापन हुने क्षेत्रको सडक अवरुद्ध भएकाले त्यहाँ जान सकिने अवस्था छैन ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !