site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छ : उपकुलपति बस्नेत
फाइल तस्बिर

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ३०० शय्याभन्दा माथिका देशभरका सबै अस्पतालमा विस्तार हुनुपर्ने बताएका छन् । 

आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मात्र नभइ देशभरका ३०० शैय्याभन्दा माथिका सबै अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन् । 

उनले देशको आवश्यकता, संविधानले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वनय गर्न अझै धेरै जनशक्तिको आवश्यक रहेको बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अझै धेरै तालिम, अध्ययन, अनुसन्धानको पाटोहरूलाई अघि बढाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

उपकुलपति बस्नेतले भइरहेको जनशक्ति, भौतिक पूर्वाधार र सरकारबाट प्राप्त ५७० रोपनी दुवाकोटको जग्गाको गुरुयोजना बनिसकेको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट गुरुयोजना अघि बढाउने प्रतिवद्धता आइसकेको जानकारी दिए । 

“देशको आवश्यकता, संविधानले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वनय गर्न अझै धेरै जनशक्तिको आवश्यकता छ । चिकित्सा शिक्षा आयोगले गरेको अध्ययन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गरिएको आंकलनमा पनि आइसकेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अझै धेरै तालिम, अध्ययन, अनुसन्धानको पाटोहरुलाई अघि बढाउनुपर्ने अवस्था छ । हामीले भइरहेको जनशक्ति, भौतिक पूर्वाधार र सरकारबाट प्राप्त ५७० रोपनी दुवाकोटको जग्गाको गुरुयोजना बनिसकेको छ । गुरुयोजनालाई प्रधानमन्त्रीज्युबाट अघि बढाउने पनि र भरतपुर एवं वीर अस्पतालमा एमबीबीएस कार्यक्रमलाई ल्याउने र प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरिसक्नुभएको छ । आगामी दिनमा योजना अघि बढ्नेछन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मात्र नभइ देशभरका सबै अस्पताल जुन ३०० बेडभन्दा माथिका छन्, यी विस्तार हुनेछन्,” उनले भने ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro