अर्थ व्यवसाय
काठमाडौं । एभरेष्ट बैंकले बूढानीलकण्ठमा शाखा विस्तार गरेको छ । योसहितको बैंकको शाखा संख्या १०५ पुगेको छ ।
शाखाको बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले उद्घाटन गरे ।
बैंकको करिब १२ लाख सन्तुष्ट ग्राहक रहेको बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८ १२:१३
प्रतिक्रिया दिनुहोस्