site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
छोराको हत्या आरोपमा सौतेनी आमा जेल चलान, बुवा रिहा
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । महोत्तरीमा छोराको हत्या गरेको आरोपमा सौतेनी आमा जेल चलान भएकी छन् ।

रामगोपालपुर नगरपालिका–६ का पाँच वर्षीय बालक रितेशको हत्या आरोपमा रागनीदेवी पुर्पक्षको लागि जेल चलान भएकी हुन् । रितेशका बुवा चन्द्रकिशोर यादव भने साधारण तारेखमा रिहा भएको महोत्तरी प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गएको साउन १४ गते दिउँसो रागनीले रितेशको घाँटी थिचेर हत्या गरेको आरोप छ । घरदेखि ५० मिटर टाढा परालले छोपेर राखिएको अवस्थामा उनको शव फेला परेको थियो ।

उक्त घटनापछि बुवा र सौतेनी आमा दुवै फरार भएका थिए । प्रहरीले घटनाकै दिन बुवालाई महोत्तरीबाट र सौतेनी आमालाई धनुषाबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।

Global Ime bank

चन्द्रकिशोरले एक वर्षअगाडि रागनीसँग विवाह गरेका थिए । त्यसपछि जेठी श्रीमतीले पाँच र अढाई वर्षीय आफ्ना दुई सन्तान (छोरा)लाई पतिकै जिम्ममा छाडेर माइतीमा बस्दै आएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement