लस एन्जलस । हलिउडको चर्चित जेम्स बन्ड सिरिज ‘नो टाइम टु डाई’को रिलिज मिति घोषणा गरिएको छ । हलिउड अभिनेता ड्यानियल क्रेग फेरि एकपटक जेम्स बन्डको भूमिकामा देखिँदै छन् ।
कोरोना महामारीका कारण धेरैपटक रोकिएको चलचित्र अन्ततः रिलिज हुने भएको छ । पहिलोपटक सन् २०२० को अप्रिलमा रिलिज मिति तोकिएको थियो ।
चलचित्रको वर्ल्ड प्रिमियर आउँदो सेप्टेम्बर २८ तारिखमा लन्डनको रोयलअल्बर्ट हलमा हुँदै छ । त्यस्तै, लन्डनमा अक्टोबर ८ मा रिलिज हुँदै छ ।
माइकल जी. विल्सन र बारबरा ब्रोकोलीको निर्माण रहेको यो चलचित्रमा करिब २०० मिलियन डलरको लगानी रहेको छ । निर्देशक क्यारी जोजी फुकुनको निर्देशन रहेको चलचित्रमा ड्यानियलको ब्रिटिस गोप्य एजेन्टको रूपमा अन्तिम अभिनय रहनेछ ।
डेल्टा भेरियन्टको संक्रमण फैलिइरहँदा हलमा बसेर चलचित्र हेर्न दर्शकले सुरक्षित महसुस गर्छन्/गर्दैनन् भन्ने चिन्ता निर्माण टिमको रहेको छ । बलिउड हंगामाबाट ।