site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री देउवाद्वारा ज्यापु समाजको ज्येष्ठ नागरिक भवन उद्घाटन
तस्बिर : प्रदीपराज वन्त/रासस ।
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज ललितपुर महानगरपालिका–४, बागडोलमा नवनिर्मित ज्यापु समाजको ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको उद्घाटन गरेका छन् ।

उनले वृद्धावस्थामा कोही पनि वृद्धाश्रममा बस्नुपर्ने परिस्थिति उत्पन्न नहोस् भन्दै यदि त्यस्तो स्थिति आएमा ज्येष्ठ नागरिकहरूलाई उचित सुविधाको व्यवस्था गर्न सरकारले सक्दो सहयोग गर्ने बताए । प्रधानमन्त्री देउवाले भने, “ज्येष्ठ नागरिकहरूलाई राज्यले सम्मान गर्छ । उहाँहरूको सम्मानका लागि राज्यका तर्फबाट गर्नुपर्ने अन्य सहयोगका लागि सरकार प्रतिबद्ध छ ।”

तीनवटै तहका सरकार, स्थानीयवासी एवं समाजसेवीसहित मित्रराष्ट्र भारतको सहयोगले ज्येष्ठ नागरिकका लागि निर्माण भएको सुविधासम्पन्न भवन सञ्चालनमा पनि सरकारले सघाउने उनले दृढता व्यक्त गरे ।

Dabur Nepal
NIC Asia

गृहमन्त्री बालकृष्ण खाँणले ज्येष्ठ नागरिकको सुरक्षाका लागि भवन निर्माण हुँदा मुलुकका धेरै मानिसलाई ऊर्जा प्राप्त भएको बताए । उनले भने, “यस भवनमा परिवारविहीन भएर रहन परेका आमा–बुवालाई कसरी स्याहारसुसार एवं सम्मान गर्ने भनेर सदैव ध्यान दिन अनुरोध गर्दछु ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पवित्र उद्देश्यका साथ वृद्धवृद्धाको सेवामा सुविधायुक्त आश्रयस्थल निर्माण गरी ज्यापु समाजले राष्ट्रिय भूमिका निर्वाह गरेको बताए । उनले भनिन्, “हामी तीनवटै तहका सरकार मिलेर यसमा आवश्यक वस्तुको व्यवस्था गर्नुपर्नेछ ।”

वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले जीवित इतिहासका धरोहर ज्येष्ठ नागरिकले भवनबाट राम्रो सुविधा पाउने अपेक्षाका साथ प्रदेशले भवन निर्माणमा दुई करोड ९१ लाख रुपैयाँ सहयोग गरेको जानकारी गराइन् ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उमेर ढल्केर सहाराविहीन भएका नागरिकलाई छिमेकी मुलुकका तर्फबाट ज्येष्ठ नागरिक भवन निर्माणमा पाँच करोड रुपैयाँ सहयोग गर्न पाउँदा निकै भाग्यमानी महसुस भएको बताए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समाजको भवन र सोमा बस्ने मानिसको व्यवस्थापन गर्न आर्थिक चुनौती रहँदा सबैले सहयोग गर्ने अपेक्षा लिएको धारणा व्यक्त गरे । उनले भने, “वि.सं. २०६९ फागुन ४ गते शिलान्यास गरेको यस भवन आठ दशमलव पाँच रेक्टर स्केलको भूकम्प आउँदा पनि नभत्किने तवरले निर्माण गरेका छौँ ।”

समाज यलका अध्यक्ष चन्द्र महर्जनले धेरै समाजसेवीको सहयोगमा भवन निर्माण भएको बताए । समाजका उपाध्यक्ष सन्तमान महर्जनले मानवको वृद्धावस्था अति नै कष्टकर हुने हुँदा सोको कल्याणका लागि भवन निर्माण गरेको बताए ।

उक्त अवसरमा जग्गा दान गर्ने स्व. अष्टमान महर्जनको सालिकसमेत प्रधानमन्त्री देउवाले अनावरण गर्नुका साथै भवन निर्माणमा रकम तथा जग्गादान गर्ने महर्जनका पत्नी नुछेंमाया तथा छोरा किरण महर्जन अनि मुख्यमन्त्री शाक्य, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसाल, वाग्मती प्रदेशका मुख्यमन्त्री शाक्य, महानगपालिकाका प्रमुख महर्जन, भारतीय राजदूत क्वात्रालगायत दातालाई प्रधानमन्त्री देउवाले दोसल्लासहित सम्मान गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  २१:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro