site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
न्युयोर्कमा घुमफिर गर्दै अफगानी राष्ट्रपति घानीकी छोरी 
Siddhartha BankSiddhartha Bank

न्युयोर्क । तालिबानको कब्जापछि अफगानिस्तानबाट पलायन भएका राष्ट्रपति अश्रफ घानीकी छोरी न्युयोर्कमा आरामले घुमफिर गरिरहेको अवस्थामा देखा परेकी छन् । उता काबुल फसेकाहरुलाई संघर्षरत् रूपमा फिर्ता ल्याउने काम अझै जारी छ ।
 
तर, ती सबै अस्तव्यस्तताबीच ४२ वर्षीया मरियम घानी आफ्ना साथीसँग बुधबार ब्रुकलिनमा टहलिरहेकी थिइन् । तालिबान हमलापछि देश र जनतालाई छाडेर भागेका र हाल यूएईमा शरण लिइरहेका आफ्ना पिताबारे उनले कुनै प्रतिक्रिया दिएकी छैनन् । भिजुअल आर्टिस्ट तथा फिल्म निर्माता मरियम, क्लिनटन हिलको लक्जरी भवनमा बस्दै आएकी छन् ।
 
घानी चाहिँ आइतबार आफ्ना नजिकी स्टाफसँग राष्ट्रपति भवनबाट बाहिरिएका हुन् । काबुलस्थित रुसी दूतावासका अनुसार उनी चारवटा गाडी र क्यास पैसाले भरिएको हेलिकप्टर लिएर भागेका थिए । 

तर, यसबारेमा छोरी मरियमले मिडियालाई प्रतिक्रिया दिन अस्वीकार गरेकी छन् । ब्रुकलिनमै जन्मिएकी र मेरिल्यान्डमा हुर्किएकी मरियमले आफ्नो पितासँग सम्पर्क गरे नगरेको स्पष्ट हुन सकेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि आफ्नो इन्स्टाग्राम पोस्टमा उनले सोमबारका सबै घटनाले आफूलाई एकदमै आक्रोशित बनाएको र अफगानिस्तानमा छाडिएका परिवार, साथीभाइ र सहकर्मीका लागि प्रार्थना गरिरहेको भनेर लेखेकी थिइन् ।
 
उनले आफ्ना पितालाई सधैँ अद्भुत् र उल्लेखनीय व्यक्ति भनेर व्याख्या गर्दै आएकी छन् । 
२००२ मा पिता अफगान सरकारका लागि काम गर्न थाल्दा मरियम चाहिँ अमेरिकामै आफ्नो भविष्य बनाइरहेकी थिइन् । उनले न्युयोर्क युनिभर्सिटीमा अध्ययन पूरा गरेकी हुन् । उनका कामहरु विश्वका केही सर्वाधिक प्रतिष्ठित म्युजियममा प्रदर्शन गरिएको छ ।

उनको पहिलो फिचर डक्युमेन्ट्री ‘ह्वाट वी लेफ्ट अनफिनिस्ड’ निर्माण गर्न सुरु गरिएका तर अफगानिस्तानमा कम्युनिस्टको युगपछि त्यसै छाड्नुपरेका पाँचवटा फिल्मका बारेमा रहेको छ र अहिले पनि केही निश्चित थिएटरहरुमा प्रशारण भइरहेको छ ।

Global Ime bank

मरियमले २००२ सम्म अफगानिस्तान भ्रमण गर्न पाएकी थिइनन् ।

यसअघि न्युयोर्क टाइम्ससँग कुरा गर्दा उनले मानिसहरुले आफ्नो परिवारसँगको सम्बन्धभन्दा आफ्नो कामलाई हेरुन् भन्ने चाहेको बताएकी थिइन् । न्युयोर्कमा जीवन सामान्य भए पनि अफगानिस्तानमा चाहिँ सुरक्षाका कारणले खुलेर घुमफिर गर्न नपाउने उनले त्यस बेलाको अन्तर्वार्तामा बताएकी थिइन् । उनी कामका लागि अफगानिस्तान जाँदा काबुलमा केही कक्षा पनि पढाएकी थिइन् । त्यस समय उनले त्यहाँका महिला कलाकारहरुलाई नियुक्त गरेकी थिइन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय