site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
साढे तीन करोडमा मण्डलाको नयाँ थिएटर निर्माण हुँदै
SkywellSkywell

काठमाडौं । दश वर्षदेखि अनामनगरमा रहेको मण्डला थिएटरलाई पछ्याउनेहरुले अब केही समय पछि उक्त स्थानमा सो थिएटर भेट्ने छैनन् । त्यसो भए के अब मण्डला थिएटर गुरुकुलकै हालतमा पुगेको हो ? 

भाग्य भनौं या कर्म ? सायद कर्मभन्दा उचित होला । अनामनगरको मण्डला खोज्दै अब नाटकप्रेमीहरु थापा गाउँ पुग्नुपर्ने छ ।

कहिलेबाट ? 

Dabur Nepal
NIC Asia

सायद कात्तिकदेखि । कात्तिकदेखि मण्डलाका रङ्गकर्मी र उनीहरुको पफर्मेन्स हेर्न थापागाउँ जानुपर्ने छ । ३२ आना जग्गा भाडामा लिएर अहिले धमाधम निर्माण कार्य चलिरहेको छ । मण्डलाका रङकर्मीहरु अहिले त्यहीँ ब्यस्त छन् ।

मण्डलाको नयाँ नाटक घर केही महत्वाकांक्षी छ, यो पटक दुईवटा हल हुनेछन् । ति हल अहिलेकोभन्दा केही परिमार्जित र आकर्षक हुनेछन् । मण्डलाकर्मीहरुकै शब्द सापटी लिने हो भने ‘आर्ट हाउस’को नजिक रहेर हल निर्माण हुनेछन् । एउटा नाटक पफर्मेन्स गर्ने हल हुनेछ भने अर्को हल नाटकसम्बन्धी सिर्जनात्मक काम गर्नका लागि बनाइने छ । उक्त हल चलचित्र छायांकन पनि गर्न सक्ने गरि डेकोरेट गरिने छ । अन्य प्रयोजनका लागि पनि हलहरु निर्माण भइरहेका छन् । 

अनामनगरमा पर्याप्त जग्गा नहुँदा पार्किङ अभाव थियो । तर, यहाँ भने दर्शकले आफ्नो सवारी साधन पार्किङ गर्न पाउने छन् । मण्डलाले डेकोरेशनमा विशेष ध्यान दिनेछ ।

मंसिरसम्म थिएटर सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ । वार्षिकउत्सव पारेर मंसिरको पहिलो हप्ता सर्ने तयारी रहेको छ । 

कुल लगानी करिब साढे तीन करोडको हुनेछ । कोरोनाका कारण निर्माण कार्यमा कुैनै अवरोध नआए कात्तिकमा मण्डलाको नयाँ भवनमा दर्शकले नाटक हेर्न पाउँने छन् । 

“प्रायः नेपाली रङ्गमञ्चहरुको अवस्था उस्तै–उस्तै छ । केही वर्ष चल्ने र बन्द हुने गरेका छन् । त्यसैले त्यो नियती नदोहोरियोस भनेर हामी बेलैमा नयाँ थिएटर बनाउन सुरु गरेका हौं,” मण्डलाका एक रङ्गकर्मी भन्छन्, “कम्तीमा निरन्तरता होस् भन्ने हाम्रो चाहना हो । त्यसैले कोरोनाका कारण फुर्सदिलो बनेको यो समय हामीले कन्ट्रक्सनमा खर्चिरहेका छौं ।”    

१३ जनाको लगानी रहेको मण्डला थिएटरमा लगानीकर्ताले आफैं लगानी जुटाउने छन् । “यति धेरै रकम त हामीसँग पनि छैन, लोन नै लिने हो,” ति सदस्यले भने । 

आगामी रणनीति तय गर्नभन्दै दयाहाङ राई, राजन खतिवडा, बुद्दि तामाङ, विजय बराल लगायत १३ जनामध्ये ११ जना नगरकोट पुगेर तीनदिनमा सोमबार फर्किएका छन् । 

१६ जना नाटक पढिरहेका विद्यार्थीलाई रेसिडेन्सियल रूपमा नयाँ भवनमा बसेर पढिरहेका छन् । 

अनामनगरमा महिनाको एक लाख रुपैयाँ तिर्दै आएको मण्डलाले नयाँ भवनमा सरेपछि प्रतिमहिना साढे तीन लाख रुपैयाँ जग्गाको भाडा तिर्नुपर्नेछ ।

केही समय रङ्मञ्चहरु सञ्चालन भएर बन्द भइरहेको अवस्थामा मण्डला थिएटर भने ठूलो लगानी गरेर आफूलाई थप थप सशक्त बनाउने योजना बनाएको हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro