राजनीति
विराटनगर । प्रदेश नम्बर १ को मन्त्रिपरिषद्ले चालु रहेको प्रदेश सभाको आठौं तथा बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
अधिवेशन साउन आज सोमबार राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस भएको मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीले जानकारी दिएका छन् ।
प्रदेश सभाको बजेट अधिवेशन गत जेठ २४ गते शुरु भएको थियो । सोमबार बसेको प्रदेशसभा बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक पेश गरेका थिए ।
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८ १५:४१
प्रतिक्रिया दिनुहोस्