राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् ।
शनिबार काठमाडौंमा आयोजित आफूपक्षीय वाग्मती प्रदेशका अगुवा कार्यकर्ताहरूको भेलामा बोल्दै नेता महतोले त्यसका लागि तयार रहन पहाड र हिमालका पार्टीका नेता–कार्यकर्तालाई आह्वान पनि गरे ।
“बहुल राष्ट्रिय राज्य स्थापनाका लागि लडाइँ लड्ने हो । यो देशमा एउटै मात्र काम बाँकी छ, बहुल राष्ट्रिय राज्य स्थापना गर्ने । त्यसैका लागि हाम्रो पार्टीको जन्म भएको हो । त्यसका लागि तराई र मधेस तयार छ । पहाड र हिमालका जनता पनि तयार हुनुपर्यो ।”
प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८ १९:५०
प्रतिक्रिया दिनुहोस्