site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मौद्रिक नीति सकारात्मक, कर्जा सीमाले सेयर बजारमा असर पर्न सक्छ : शेखर गोल्छा
फाइल तस्बिर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समग्रमा मौद्रिक नीति सकारात्मक रहेको बताएका छन् । उनले निजी क्षेत्रले दिएका अधिकांश सुझाव समेटिएको पनि बताए ।

उद्यम व्यवसाय सञ्चालन गर्न १ करोड वा सो भन्दा कम ऋण उपयोग गर्ने ऋणीको हकमा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्न सक्ने व्यवस्था स्वागतयोग्य भएको उनले बताए । यसले साना व्यवसायीलाई निकै राहत मिल्ने उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाइने व्यवस्थाले तरलता बढाउन मद्दत गर्ने उनले बताए । महिला उद्यमीलाई दिइने कर्जा सिमा बढाएर २० लाख पु¥याइनु सकारात्मक रहेको भन्दै उनले सूक्ष्म निगरानीको व्यवस्थालाई तीन वर्ष बनाइनु पनि स्वागतयोग्य भएको बताए ।

“कालोसूचीको व्यवस्थालाई पुनरवलोकन गर्ने भनिएको छ । त्यो व्यवस्था व्यवसायीमैत्री हुनुपर्छ,” उनले भने । उनले सीसीडी अनुपात हटाएर कर्जा निक्षेप अनुपात ९० प्रतिशत बनाउनु सकारात्क रहेको भन्दै यसले पनि बजारमा तरलता बढाउने विश्वास व्यक्त गरे ।

Global Ime bank

उनले बैंक तथा वित्तीय संस्थाबाट लिने सेयर कर्जाको सीमा तोकिनुले भने सेयर बजारलाई असर पार्नसक्ने बताए । यस्तै, बजेटमा स्टार्टअपलाई २५ लाख सम्मको कर्जा दिइने भनिएको भएपनि त्यो विषय कार्यान्वयन गर्ने सन्दर्भमा मौद्रिक नीति प्रष्ट नभएको उनले बताए ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय