site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
माैद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने राष्ट्र बैंककाे तयारी
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक व्यवस्थापन समितिको बिहीबार साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएका छ । शुक्रबार बिहान साढे ८ बजेका लागि गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको बोर्ड बैठक बोलाएका छन् । 

सामान्यतया व्यवस्थापन समितिले स्वीकृत गरेर पठाएको मौद्रिक नीति बोर्डले आवश्यकता अनुसार केही नितिगत परिमाजर्न गरेर स्वीकृत गर्ने भएकाले बिहान बस्ने बोर्ड बैठकले स्वीकृत गरेमा गभर्नरले अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

राष्ट्र बैंकले साउन पहिलो साता नै मौद्रिक निति ल्याउने तयारी गरेको भएपनि असार अन्तिम साता भएको सरकार परिवर्तनले मौद्रिक नीति पछि सरेको थियो । सरकार परिवर्तनसँगै नयाँ सरकारले यसअघिको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधनका लागि प्रतिस्थापन विधेयक ल्याउने र त्यो भन्दा अगाडि अघिल्लो सरकारको मूल्याङ्कन गर्न अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गर्ने भएपछि गभर्नरले मौद्रिक नीति रोकेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यही बीचमा सरकारले अर्थसचिव सरुवा गरेपछि नयाँ अर्थसचिव बनेका मधु मरासिनीले गत साता राष्ट्र बैंक सञ्चालकको शपथ लिएका थिए । अर्थमन्त्री जनार्दन शर्माले मंगलरबार संसद्मा आर्थिक श्वेतपत्र पेश गरेपछि मौद्रक नीतिका लागि मार्गनिर्देशन भएको भन्दै राष्ट्र बैंकले शुक्रबार मौद्रिक निति ल्याउने तयारी गरेको हो ।

कोभिडको तेस्रो लहर आउने विश्लेषणकाबीच राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन लागेकाले आर्थिक पुनरुउत्थानका लागि अघिल्लो मौद्रिक नीतिले दिएको सहुलियतलाई निरन्तरता दिन्छ कि दिँदैन भन्नेमा उद्योगी व्यवसायीको चासो रहेको छ ।यस्तै बैंकरले पुँजी थप्न पाउनुपर्ने माग गरेकाले माग सम्बोधन हुने कि नहुने भन्नेमा चासो दिएका छन् । हकप्रदकै आसमा सेयर बजारका लगानिकर्ता पनि रहेका छन् ।

Global Ime bank

यता प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले विलाशिताका वस्तु आयात नियन्त्रण गर्ने पुँजीबजार प्रभावित नहुने गरी मौद्रिक नीति ल्याउन निर्देशन दिएको छ । 

यस्तै, कोभिडपछिको आर्थिक पुनरुउत्थानका लागि लचिलो नीति लिनुपर्ने अवस्था छ भने अर्कोतर्फ बढ्दो पेट्रोलियम पदार्थको मूल्यले गर्दा मुद्रास्फीतिमा पर्नसक्ने दबावलाई समेत ख्याल गर्नुपर्ने चुनौती रहेको छ । अर्कोतर्फ आर्थिक पुनरुउत्थानका लागि बैकिङ प्रणालीमा पर्याप्त तरलता, र वित्तीय स्थायित्वसमेत राष्ट्र बैंकको चुनौती रहेको छ ।

सरकारले चालु आर्थिक वर्षमा साढे ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिँदै मुद्रास्फीति पनि साढे ६ प्रतिशतमा नै सीमित राख्ने लक्ष्यसहित बजेट ल्याएको थियो । तर, नयाँ सरकारले बजेट संशोधनका लागि प्रतिस्थापन विधेयक ल्याउने बताएको हुँदा यसमा केही परिमार्जन हुन सक्नेछ ।

यी सबै परिस्थितिलाई मध्येनजर गर्दै आगामी मौद्रिक नीति आउने गभर्नले बताइसकेका छन् । यसैगरी कोभिड प्रभावितलाई दिएको सहुलियत र पुनर्कर्जालाई मौद्रिक नीतिले निरन्तरता दिने बताइएकाे छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  २१:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय