site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
फोने पे बिजनेस एपबाट अब निःशुल्क विथड्र गर्न सकिने

काठमाडौं । डिजिटल भुक्तानी प्लेटफर्म फोने पेले नि:शुल्क अनरिक्वेस्ट विथड्रल सुविधा ल्याएको छ । कम्पनीले व्यावसायिक प्रयोगकर्तालाई नगद व्यवस्थापनमा सहज बनाउन यो सुविधा ल्याएको बताएको छ ।

यससँगै व्यापारी कुनै पनि समय आफ्नो आवश्यकता अनुसार नगद निकाल्न सक्ने कम्पनीले जनाएको छ ।

अब व्यवसायीले बिना कुनै शुल्क आफ्नो बैंक खातामा नगद निकासी गर्न सक्ने फोन पेले बताएको छ ।

व्यापारीहरूको नगद प्रवाहमा पूर्ण नियन्त्रण दिँदै उनीहरूको वित्तीय व्यवस्थापन प्रभावकारी र सुविधाजनक बनाउन यो सुविधा ल्याएको कम्पनीले बताएको छ ।

व्यापारीहरूले आपूर्तिकर्तालाई भुक्तानी गर्न, कर्मचारीको तलब व्यवस्थापन गर्न र आकस्मिक खर्चको सामना गर्न यो सुविधा प्रयोग गर्न सक्नेछन् । यो सुविधा फोन पे बिजनेस एपमा उपलब्ध छ ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्