site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सञ्चार सचिव अर्यालद्वारा पदबहाली
तस्बिर : चन्द्रकला क्षेत्री/रासस ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सरकारी सञ्चारमाध्यमहरुलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएका छन् ।

आज आयोजित स्वागत समारोहमा सचिव डा. अर्यालले आमसञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र प्रतिस्पर्धी गराउन आवश्यक नीतिगत व्यवस्था तथा नियमन प्रणालीलाई चुस्त–दुरुस्त गर्नुपर्ने धारणा व्यक्त गरे ।

Agni Group
NIC Asia

उनले आम जनताको जीवन पद्दतिलाई सहज गराउन सूचना प्रविधिको पहुँच विस्तार गरी यसप्रतिको जनविश्वास अभिवृद्धिका लागि साइबर सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए । सचिव अर्यालले नेपाल टेलिकमको सेवा गुणस्तरीय गराउन, हुलाक सेवालाई प्रतिस्पर्धी तुल्याउन र मुद्रण विभागको दायरा बढाउन आवश्यक नीतिगत व्यवस्था गरिने उल्लेख गरे ।

उनले डिजिटल नेपाल संरचनामा समयानुकूल सुधार, ब्रोड बैंक इन्टरनेट सेवा तथा सूचना राजमार्गको विस्तार, विद्युतीय हस्ताक्षरलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा समेत जोड दिए ।

Global Ime bank

वि.सं. २०४९ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका सचिव डा. अर्यालले अर्थ, वाणिज्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न सरकारी निकायमा कुशलतापूर्वक कार्यसम्पादन गरिसकेका छन् । हालैको मन्त्रिपरिषद्को निर्णयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आएका सचिव अर्यालले आजै आफ्नो पदभार सम्हालेका छन् ।

कार्यक्रममा मन्त्रालयका सहसचिव डिल्लीराम शर्माले आमसञ्चार, दूरसञ्चार र चलचित्र क्षेत्रमा मन्त्रालयले सम्पादन गर्दै आएका र आगामी दिनमा गर्नुपर्ने कार्यहरुबारे अवगत गराउँदै योग्य, अनुभवी र कुशल व्यक्तित्वलाई सचिव पाउँदा मन्त्रालयले अझ प्रभावकारी रूपमा कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा मन्त्रालय र मातहतका निकायका प्रमुख तथा वरिष्ठ अधिकृतहरुले सचिव डा. अर्यालको कार्यकालको सफलताको कामना गरेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय